‘संगीत’ भन्नासाथ प्रायः हाम्रो मनमा नाचगान र बाजाका दृश्य र ध्वनिहरू घुम्न थाल्छन् । तर सुर ताल मनोरञ्जन मात्र संगीत होइन । संस्कृतिको बलियो पक्ष पनि हो संगीत ।

संगीतलाई धेरै मानिसहरुले उनीहरुको भावावेग पोख्ने र सुन्ने साथीको रुपमा स्विकार्छन् । तर त्यस्ता व्यतिहरु पनि छन् जस्ले संगीतमै आफ्नो जिवन बाँचेका छन् । यसरी विगत ३ दशकदेखि संगीतमै हरपल बाँचीरहेका संगीतकार हुन्- राजु सिंह

पुतलीसडक काठमाडौँका राजु हाम्रा वरपरका ध्वनिहरू,भोगाइ र आभासलाई संगीतको सुरमा समेट्न सधैँ तल्लिन हुन्छन् भने दर्जन बढी वाद्यवादन बजाउन जान्ने उनको अर्को खुबि हो । उनले ३५ बढी सोलो गीती एल्बम र विभिन्न जनराका गरी १२०० बढी गितहरूमा आफ्नो संगीत भरिसकेका छन् ।

त्यस्तै, उत्कृष्ट संगीतकारका रुपमा रष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेका छन् । अग्रज,समकालिन र नयाँ पुस्ताहरूसँग सहकार्य गरेका राजु नेपाली संगीत फाँटका एक सफल संगीतकार हुन् ।

उनका 'नजरकाे दाेषी बनी', 'काँडा हो माया, मुटु भित्र गड्छ' लगायत गीतहरू दर्शक स्रोताले अधिक रुचाएका गितहरू हुन् । संगीतका अलावा उनी अध्यन गर्न र वाद्यवादनमा रुची राख्छन् ।

उनै वरिष्ठ संगीतकार द मार्जिन ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः









 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार