'नाटक एउटा कला हो, जीवनको एउटा पाटो हो ।' 'जीवनजस्तै नाटक, नाटकजस्तै जीवन।' रंगमञ्चको रंगमा घुलेका हर रंगकर्मीको रंगमञ्चप्रतिको लगाव र जीवन भोगाइ हो यो । यसरी रंगकर्मलाइ जीवन जिउने नाम मध्येको अर्को क्रियाशील नाम हो प्रमिला खनाल ।

उनी ४ वर्षबाट निरन्तर रंगमञ्चमा सक्रिय छिन् । नेपाली रंगमञ्चमा उनको त्यति लामो अनुभव नभएता पनि पात्रको स्वभावअनुसार उसको मर्म बुझेर अभिनय गर्न भने माहिर छिन् । उनी अहिले मण्डला थिएटरसँग आवद्ध रहेर रंगकर्म गरिरहेकी छन् ।

उनी कलाकारितामा भने नेपाली रियालिटि सो 'छमछमी - २' बाट प्रवेश गरेकी हुन् । 'अझै पनि', 'वडा नं ६' लगायत विभिन्न चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले 'क्लब सेभेन', 'सकेको तिरौला नत्र फिरिमा', 'मितज्यू' लगायत नाटकहरूमा पनि अभिनय गरिसकेकी छन् । मिलनसार र मिजासिलो स्वभावकी मिहेनति खनालको अभिनयका अलावा घुम्न, अध्ययन तथा फोटोग्राफीमा रुचि छ ।

उनै रंगकर्मी प्रमिला खनाल सँग द मार्जिन ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः








यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार