सु–स्वास्थ्य र खुसी मानिसको जीवनका सर्वाधिक महत्वपूर्ण आयामहरू हुन् ।

मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धिहरूको प्रमुख स्रोत नै असल स्वास्थ्य हो । आफू स्वस्थ्य रहन मनिस अनेकन साधना र कोशिस गरि नै रहेका हुन्छन् ।

यसरी तपाईंको स्वास्थ्य राम्रो हुनुमा प्रत्यक्ष वा परोक्ष तपाईंको घरपरिवार, समाजसँगै स्वस्थ्यकर्मीहरू सम्बन्धित रहेका हुन्छन् ।

स्वास्थ्य क्षेत्रमा रहेर आफ्नो जीवन समाजसेवामै समर्पित गर्न रुचाउने अर्का व्यक्ति हुन् स्वस्थ्यकर्मी किरण राई । शिवसताक्षी २, झापाकी उनी करिब १२ वर्षदेखि निरन्तर सेवामै अग्रसर छिन् ।

पछिल्लो समय कोरोना संक्रमण फ्रन्टलाइनरहरूमध्ये सबैभन्दा धेरै स्वास्थ्यकर्मीहरु संक्रमित भएको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म ८ हजार बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् भने कतिपयलाई दोहोर्‍याएर पनि सङ्क्रमण भएको छ । ३३ बढी स्वास्थ्यकर्मीले कोभिडका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोनाभाइरस सङ्क्रमणबाट अरूलाई बचाउन आफ्नो ज्यानको पर्वाह नगरी किरण पनि अहिले शिवसताक्षी–११ स्थित कोभिड आइसोलेसनमा खटिइरहेकी छन् । मिजासिलो र हँसिलाे स्वभावकी किरणा घुम्न र अध्ययनमा रुचि राख्दछिन् ।

उनै स्वस्थ्यकर्मी किरण राई सँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः









यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार