क अद्भुत संसार, विल्कुलै नयाँ अनि फरक संसार रंगमञ्च । यो संसारमा करिब-करिब डेढ दशकबाट रंग खोज्दै रंगमञ्चमा निरन्तर आफ्नो मन दौडाइ रहेको अर्को नाम हो हिरा नेपाली । उनी २०६४ सालमा ‘कर्णाली दखिन बग्दो छ’ नाटक मार्फत रंगमञ्च प्रवेश गरेका हुन् । जानीनजानी रंगमञ्च प्रवेश गरेका हरकोहीको नशानशामा दौडिरहने चीज नेपालीको नशामा किन सुस्ताउथ्यो । उनले ‘सुनकेशरी’, ‘गर्भछिटा’, ‘कर्णाली दखिन बग्दो छ’ लगायत एक दर्जन नाटकमा विभिन्न चरित्र निभाइ सकेका छन् । पछिल्लो परिस्थितिले पारेको प्रभावले रंगमञ्च अति नै चुनौतीपूर्ण क्षेत्र हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । बावजुद अझै पनि उनी थिएटर आसपासमै दिन बिताइरहेका हुन्छन् । केही न केही माध्यम मार्फत रंगकर्मसँग आफूलाई जोडी नै रहेका हुन्छन् । उनले लघु चलचित्र ‘भलुवा ’ त्यस्तै नाटक ‘गर्भछिटा’ र ‘पम्पा फुल’ निर्देशन समेत गरिसकेका छन् । मुगु घर भई हाल केन्द्रमै रहेर नाट्य कर्म गरिरहेका उनै नाट्यकर्मी तथा निर्देशक हिरा नेपाली सँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको मूडलाई यसरी कैद गर्ने प्रयास गरिएको छ:








 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार