'पर्ख पर्ख मायालु म पनि त आउला, रेलको झ्याल समाएर सगैँ भागौँला', 'दारी फुले वैंशमा चस्मा लाउछौँ पावर दुईदिन गाँउमा बस्दैनौ सुइकी हाल्छौ लाहुर' यी गीतहरू गुन्गुनाउन मन नपर्ने सायदै होला । गीत पनि कण्ठ र गायक गायिकाको नाम पनि कण्ठ होला । तर कहिले यस्तो मिठो गितको संगीत संयोजकको नाम कण्ठ हुन्छ त हामीलाई ? गीत हिट हुनुमा शब्द/संगीत र स्वरले मात्र पर्याप्त हुँदैन संगीत संयोजनको पनि विशेष भूमिका हुन्छ । त्यस्तै यी गीतहरूलाई आफ्नो संगीत संयोजनको कला भरी दर्शक स्रोतामाझ पुर्याउने नाम हो नरेन्द्र वियोगी । हाल केन्द्रमै रहेर संगीत कर्ममा लागिरहेका वियोगी प्युठानका हुन् । एक दशक बढीको यो सांगीतिक यात्रामा उनले ८ सय बढी गीतहरू अरेन्ज गरिसकेका छन् । भने मेलिना राई र आशिष गौतम 'सचिन'ले गाएको 'पिरिम नलाउने' बोलको गीतबाट बेस्ट अरेन्जरमा 'जिनियस म्युजिक'अवार्ड पनि पाइसकेका छन् । सबैसँग सानो स्वरमा शीतल बोल्ने, मिजासिलो र शान्त स्वभावका वियोगी गायक तथा गीतकार पनि हुन् । उनै नरेन्द्र वियोगीसँग द मार्जिनले गरेको कुराकानीको क्रममा कैद गरिएका उनका विभिन्न भावलाई ‘मुड’ स्तम्भमा यसरी प्रस्तुत गरेका छौँः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...