सिनेजगतको चर्चित नाम हो हेमन्त बुढाथोकी । विशेष गरी रिलमा खलनायकको भूमिकामा सशक्त देखिने उनी रियल लाइफका भने नायक नै हुन् । त्यसो त उनका चलचित्रहरू पनि छन् जहाँ उनले नायकको रूपमा आफ्नो भूमिका निभाउन पछि परेका छैनन् । असल, खराब सबै प्रकारका चरित्र निभाएका उनले हरेक प्रकारका चरित्र निभाउन आनाकानी नगर्नु कुशल कलाकारितामा हुनुपर्ने छवि मान्छन् उनी ।
उनले ‘सौता’ चलचित्रबाट रजतपटमा यात्रा थालेका हुन् । तिन दशकको यात्रामा उनले ‘अग्नि परीक्षा’, ‘आमाको काख’, ‘आमाको आशिर्वाद’, ‘ठूले’, ‘दुःख’, ‘शंकर’, ‘देश खोज्दै जाँदा’ लगायत छ दर्जन बढी चलचित्रमा खलनायक तथा नायकको भूमिका निर्वाह गरेका छन् । सिने जगतमा उनलाई चलचित्र निर्माताका रूपमा पनि चिनिन्छ ।
उनै हेमन्त बुढाथोकीसँग द मार्जिनले गरेको कुराकानीको क्रममा कैद गरिएका उनका विभिन्न भावलाई ‘मुड’ स्तम्भमा यसरी प्रस्तुत गरेका छौँः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...