‘संगीत’ भन्नासाथ प्रायः हाम्रो मनमा नाचगान र बाजाका दृश्य र ध्वनिहरू घुम्न थाल्छन् । तर सुर ताल मनोरञ्जन मात्र संगीत होइन । संस्कृतिको बलियो पक्ष पनि हो संगीत ।
संगीतलाई धेरै मानिसहरुले उनीहरुको भावावेग पोख्ने र सुन्ने साथीको रुपमा स्विकार्छन् । तर त्यस्ता व्यतिहरु पनि छन् जस्ले संगीतमै आफ्नो जिवन बाँचेका छन् । यसरी विगत ३ दशकदेखि संगीतमै हरपल बाँचीरहेका संगीतकार हुन्- राजु सिंह ।
पुतलीसडक काठमाडौँका राजु हाम्रा वरपरका ध्वनिहरू,भोगाइ र आभासलाई संगीतको सुरमा समेट्न सधैँ तल्लिन हुन्छन् भने दर्जन बढी वाद्यवादन बजाउन जान्ने उनको अर्को खुबि हो । उनले ३५ बढी सोलो गीती एल्बम र विभिन्न जनराका गरी १२०० बढी गितहरूमा आफ्नो संगीत भरिसकेका छन् ।
त्यस्तै, उत्कृष्ट संगीतकारका रुपमा रष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान समेत प्राप्त गरिसकेका छन् । अग्रज,समकालिन र नयाँ पुस्ताहरूसँग सहकार्य गरेका राजु नेपाली संगीत फाँटका एक सफल संगीतकार हुन् ।
उनका 'नजरकाे दाेषी बनी', 'काँडा हो माया, मुटु भित्र गड्छ' लगायत गीतहरू दर्शक स्रोताले अधिक रुचाएका गितहरू हुन् । संगीतका अलावा उनी अध्यन गर्न र वाद्यवादनमा रुची राख्छन् ।
उनै वरिष्ठ संगीतकार ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...