'नाटक एउटा कला हो, जीवनको एउटा पाटो हो ।' 'जीवनजस्तै नाटक, नाटकजस्तै जीवन।' रंगमञ्चको रंगमा घुलेका हर रंगकर्मीको रंगमञ्चप्रतिको लगाव र जीवन भोगाइ हो यो । यसरी रंगकर्मलाइ जीवन जिउने नाम मध्येको अर्को क्रियाशील नाम हो प्रमिला खनाल ।
उनी ४ वर्षबाट निरन्तर रंगमञ्चमा सक्रिय छिन् । नेपाली रंगमञ्चमा उनको त्यति लामो अनुभव नभएता पनि पात्रको स्वभावअनुसार उसको मर्म बुझेर अभिनय गर्न भने माहिर छिन् । उनी अहिले मण्डला थिएटरसँग आवद्ध रहेर रंगकर्म गरिरहेकी छन् ।
उनी कलाकारितामा भने नेपाली रियालिटि सो 'छमछमी - २' बाट प्रवेश गरेकी हुन् । 'अझै पनि', 'वडा नं ६' लगायत विभिन्न चलचित्र र म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले 'क्लब सेभेन', 'सकेको तिरौला नत्र फिरिमा', 'मितज्यू' लगायत नाटकहरूमा पनि अभिनय गरिसकेकी छन् । मिलनसार र मिजासिलो स्वभावकी मिहेनति खनालको अभिनयका अलावा घुम्न, अध्ययन तथा फोटोग्राफीमा रुचि छ ।
उनै रंगकर्मी प्रमिला खनाल सँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...