तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ४ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

ऐन फ्य्राङ्क परिवार सहित पक्राउ

४ अगस्त १९४४ मा डायरी अफ योङ गर्लकी लेखिका एन फ्य्राङ्क पक्राउ परिन् । उनीसँगै उनको परिवारलाई समेत पक्राउ गरिएको थियो । 

उनको कसुर केवल यहुदी हुनु थियो । तत्कालीन जर्मन शासक देखि जनसाधारणसम्मलाई लाग्थ्यो, यहुदीहरू जर्मनमा बस्न लायक छैनन् । यही परिवेशमा एन फ्य्राङ्क पनि पक्राउ परेकी थिइन् । 

केहीदिन जेलमा बिताएपछि उनीहरूलाई बर्गेन-बेल्सनको यातना केन्द्र पठाइयो । जहाँ उनी टाइफसको शिकार भइन् र उनको मृत्यु भयो । केवल १६ वर्षको उमेर बाँचेकी एनको जन्म १९२९ मा भएको थियो । फ्य्राङ्कले लेखेको डायरी अर्थात् 'डायरी अफ अ योङ गर्ल' मरणोपरान्त चर्चित भयो । 

डायरीमा १२ जुन १९९२ देखि १ अगस्त १९४४ सम्म उनको जीवनमा घटेका घटनाहरूको इतिवृत्ति रहेको छ । सो डायरी उनलाई उनको १३औँ जन्मदिनमा उपहार आएको थियो । डायरी सर्वप्रथम १९४७ मा उनका बुवाले प्रकाशनका लागि पठाएका थिए ।  

प्रकाशन भएपश्चात उनको डायरी ३ करोड भन्दा बढी प्रति बिक्री भयो । अहिले उनकाे सो डायरी झण्डै ६७ भाषामा अनूदित छ । 


डायरी लेख्दै ऐन फ्य्राङ्क


गुगलको स्थापना
सन् १९९८ मा विश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापना भएको थियो । नयाँ सूचना खोजीको पर्याय बनेको इन्टरनेट कम्पनी गुगललाइ ल्यारी पेज र सर्जी व्रिनले विश्वव्यापी वेबको रूपमा पहिलो पटक विकसित गरेका थिए ।  पेज र ब्रिन स्टानफोर्ड युनिर्भसिटीमा विद्यार्थी हुँदा गुगललालाई अनुसन्धान परियोजनाको रुपमा प्रयोग गरिएको थियो ।


गुगल लाेगाे 


नेपोलियन तृतीयको सत्ताबाट पलायन
सन् १८७० मा नेपोलियन तृतीय फ्रान्सको सत्ताबाट हटेका थिए । फ्रान्सका पहिलो निर्वाचित राष्ट्रपति नेपोलियनले सन् १८५२ मा सम्राटको पदवी लिएका थिए । फ्रान्स र पर्सियाको युद्धमा फ्रान्सको हारपछि नेपोलियनको सत्ता पलायन यात्रा सुरु भएको थियो । सत्ताच्युत भएपछि बेलायत निर्वासनमा रहेका उनको १८७३ को ९ जनवरीमा मृत्यु भएको थियो ।

मदर टेरेसा सन्त घोषित
गरिबका लागि जीवन अर्पण गरेकी मदर टेरेसालाई सन् २०१६ को सेप्टेम्बर ४ मा भ्याटिकन सिटीमा आयोजित एक समारोहमा ‘सन्त’ घोषणा गरिएको थियो । सेन्ट पिटर स्क्वायरमा दशौं हजार श्रद्धालुका अगाडि पोप फ्रान्सिसले उनलाई सन्त घोषणा गरेका थिए । सन् १९७९ शान्तितर्फको नोबेल शान्ति पुरस्कार विजेता टेरेसाको जन्म सन् १९१० को २६ अगस्टमा म्यासेडोनियामा भएको थियो ।

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...