तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

शुरू भयो द्वितीय विश्वयुद्ध

आजकै दिन जर्मनीले पोल्याण्डमाथि हमला गर्यो । हमला द्वितीय विश्वयुद्धको उद्घोष थियो । यो उद्घोष अगामी समयका लागि भयानक र विध्वंसक हुँदै थियो । यस घटनाबाट विश्वको राजनैतिक, सामाजिक आयामहरूमाथि ठूलो उथलपुथल देखियो ।

जर्मनीले पोल्याण्डमाथि आक्रमण गर्नुका कारण पनि दिलचस्प थिए । वास्तवमा पहिलो विश्वयुद्धमा भएको भारी नोक्सानीको जिम्मेवार जर्मनीलाई ठहर्याइएको थियो । परिणामस्वरूप जर्मनीमाथि भारी जरिवाना लगाइयो । जरिवानापछि जर्मनी राजनीतिक र आर्थिकरूपमा निकै पिछिडियो । सन् १९३३ हिटलर जर्मनीका शासक बने । 

हिटलरलाई भने जर्मनीमाथि प्रथम विश्वयुद्धमा ज्यादती भएको महसुस भइरहेको थियाे । प्रथम विश्वयुद्धअघि अस्तित्वमै नभएको देश पोल्याण्डको उपस्थिति समेत हिटलरलाई बिझाउथ्यो । त्यसैले हिटलरले १ सेप्टेम्बर १९३९ का दिन पोल्याण्डमाथि हमला शुरू गरे । हमलाको अगुवाइ जर्मन सेनानायक वाल्थर ब्राखित्सले गरेका थिए । हमलामा एकैसाथ ट्यांक, तोप र मोटरगाडीको प्रयोग गरिएको थियो ।

लगत्तै फ्रान्स र बेलायतले जर्मनीलाई हमला रोक्न चेतावनी दिए ।  तर, जर्मनीले हमला जारी राख्यो र साइलिशियामाथि कब्जा जमायो ।  परिणामतः फ्रान्स र बेलायतले ३ सेप्टेम्बरमा जर्मनीविरुद्ध युद्धको घोषणा गरे ।


द्वितीय विश्वयुद्धकाे सांकेतिक तस्वीर । स्राेतः राेरमिडिया


हिरादेवी बर्मालाई दिइयो एसियाको नोबेल

महादेवी बर्मालाई साहित्यमा उनको योगदाको कदर गर्दै १ सेप्टेम्बर सन् १९९७ मा एसियाको नोबेल पुरस्कार मानिने
महादेवीलाई छायावादी साहित्यकार मानिन्छ ।

उनको जन्म १४ जनबरी १९२६ मा बंगलादेशको ढाकामा भएको थियो । कलकत्ता विश्वविद्यालयकी प्राध्यापक समेत रहेकी बर्माका महत्वपूर्ण रचनाहरूमा अग्निगर्भ, जंगल के दावेदार, हजार चौरासी की माँ आदि हुन् । 


पुरस्कारकाे साथमा महादेवी बर्मा । तस्वीरः Twipu


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...