माथि–माथि मात्र हेर्दै जाने हो भने सेताम्य चाँदीका थुप्राहरु छन् । आँखामा झलल बल्छन् सेन्छेलुङ्, फक्ताङलुङ् (कुम्भकर्ण), चःम्जङलुङ् (सगरमाथा) । क्षणभरमै तल समुन्द्रबाट कोक्रोमा नाबालक नानी खेले जसरी एउटा आकृतिको उदय हुन्छ । आगोको भुप्रो बिचको रातो कोइला समुन्द्रमा बिस्तारै चलमल गर्न थाल्छ । आफ्नो आकारलाई पूर्णता दिँदै सूर्यले आफ्नो प्रकास सिधै सेताम्य चाँदीका थुप्राहरु पार्छन् । अनि सुनको लेपन लाग्छ सेन्छेलुङ, फक्ताङलुङ अनि चःम्जङलुङहरुमा । सुनौलो दृष्यहरुमा परिणत हुन्छन् । मानौ सुनै सुनको शिखर हो । अनि त्यहि शिखरहरुको दृश्यावलोकन गर्न आतुर छ यो संसार । त्यहि सुनौला शिखरहरु सेन्छेलुङ, फक्ताङलुङहरुको मुनतिरको देश, मेरो जन्मभुमी । मुन्धुमले जन्माएको भूमि । इतिहाँसले बोलेको भूमि । अनि मैले कल्पना गरेको लिम्बुवान भूमि ।
माथि–माथिका सेताम्य हिम श्रृङ्खलाहरुको मुन्तिर मुक्कुमलुङमा (पाथिभरा) देबीले संरक्षण गरेकी छिन् । यो मुक्कुमलुङलाई मुन्धुममा सेमुक्तु मुक्तुबुङ, सेमुक्ती मुक्तीगोःक् आदि अनेका नाममा पुकारिन्छ । माथि हेर्यो साया (चिन) राज्यसंग कुम जोडेर बसेको छ । परभने सुक्खीम् (सिक्कीम), ताजेङलुङ (दार्जिलिङ्) संग कुम जोडेर बसेको छ ।
झट्ट हेर्दा अहिले नेपालभित्रको एउटा भूगोल । तर हिजो आफ्नै लामो इतिहास भएको भूमि । अहिले पनि नेपाललाई एउटा बेग्लै पहिचान दिएको छ । नेपालभित्रको धेरै रङ्गीन फूलबारीहरुको एउटा भिन्न फूल । मेरो जन्मभूमि । मेरो कल्पनाको लिम्बुवान भूमि । माथि–माथिका सेताम्य हिम श्रृङ्खलाहरुको मुन्तिर मुक्कुमलुङमा (पाथिभरा) देबीले संरक्षण गरेकी छिन् । यो मुक्कुमलुङलाई मुन्धुममा सेमुक्तु मुक्तुबुङ, सेमुक्ती मुक्तीगोःक् आदि अनेका नाममा पुकारिन्छ । माथि हेर्यो साया (चिन) राज्यसंग कुम जोडेर बसेको छ । परभने सुक्खीम् (सिक्कीम), ताजेङलुङ (दार्जिलिङ्) संग कुम जोडेर बसेको छ । आफ्नो अस्मितामाथि जाई लाग्न आउने जो कोहिसंग हारको इतिहास बोक्न नजान्ने भूमि । कुम्मा यक् कुस्सा यक्ले जोडी बाँधेर राखेका छन् । पारी पट्टी मेन्छ्यायेम डाँडासंग वारीपारी । याम्बिरी याम्धाङ्वा (तमोर नदी) दुवीले संरक्षण गरेकी छिन् । मिक्लाजङ डाँडा र मेन्छ्यायेम् डाँडाले आँखीडाही छेकेर बसेका छन् ।
संसारको कुना कुनासम्म नाम कहलिएको मुक्कुम्लुङमा (पाथीभरा) । सक्ती, वरदान र दर्शनका खातिर विश्वभरीबाट दर्शनार्थीहरुको घुँईचो लाग्ने गर्छ । याक्थुङ (लिम्बु) संस्कारमा घरमा आउने जो कोहि पाहुना हुन् । अकबरे खोर्सानीसंग ढुङ ढुङ वासाना आउने गरी खानासंग सत्कार गर्नु । लुङमेन्दीङ सेवारो भन्दै सिरबन्दी र सिरफूलले सजिएकी सिसागेन् मेन्छीनहरु (तरुनी चेली) ले स्वागत, सत्कार गरेको देख्दा गर्भले मेरो छाती चौडा फूलेर आउछ । ताप्लीजङ तक्मेडाँडामा यालाङ (धान नाच) नाच्दै उभिएका नालिगेन् थाङबेन (जवान युवाहरु), सिसागेन मेन्छीन्हरुलाई हेर्दै मुक्कुमलुङको दर्शन गर्न जान्छन् दर्शनार्थीहरु । उकालै उकालो बाटाभरी फूलेका बिभिन्न रंगका लालिगुरासको सेल्फी खिच्दै हिँडीरहेका मानिसहरुई देख्छु । सुक्खीम, ताजेङलुङ (सिक्कीम, दार्जिलिङ) बाट आएका हौं । अब अझै माथि माथि ओलाङचुङगोला सम्म जाने हो भन्छन् । म भने भित्रभित्र सुशिले भक्कानिन्छु । मुक्कुम्लुङको यात्रामा छु म पनि । मनमा कुरा खेल्छ । यो बाटाहरु संधै संधैलाई यतिगै सुन्दर छन् । ढुङगाका सिँढीहरुले नै सुहाएका छन् । यहाँ केवलकारहरु, गाडीहरु नपुग्दानै मुक्कुमलुङ अझ स्वच्छ, चोखोनिधो रहनेछ । यो बाटोभरी तन्काईएको सेतो धागोको सास र शक्तिले आफ्नै खुट्टाले ताने जस्तो हुँदैन केवलकारको बिद्युतिय तारमा झुन्डीदा । वा हेलीकप्टरको पंखामा भर पर्दा । थुम थुमको देवी देउरालीहरुमा आफ्नै हातको अत्छेता, पाती र ढुङगा चढाउदै जाँदा माङ सक्मा (देवीको शक्ति) प्राप्त हुँदै जान्छ । मन हलुङ्गो हुँदै जान्छ । यो बाटामा भएका चिल्ला चिल्ला ढुँङगाका सिँढीहरु टेक्दै जान मलाई कहिले पनि गाह्रो लागेन । त्यसैलेनै होला सायद मेरो अघि–अघि ७० वर्ष नाघेकी हजुरआमा देवीको शक्तिले तान्छ भन्दै गफ दिँदै जाँदै थिईन । साँचै देवीको शक्तिले तानेका हुन कि ’ त्यतिका मानिसको भिड निसन्देह उकालो उक्लीरहेको थियो । फर्कदा तल तल याम्बीरी याम्धाङ्वा (तमोर नदी) देख्छु । लिम्बुवान भूमिको शक्ति याम्बीरी याम्धाङ्वाबाट निकालिएको विद्युतीय शक्तिले पान्थर, ताप्लीजङ, छत्थर, चौबिसे गाउहरु झिलिमिलि बलेका छन् । तल धरानतिरबाट नदीमाथि वाटरबोट बाट बिहान आएका पर्यटकहरु त्यहि बाटो भएर फर्कदै रहेछन् ।
यो याम्बीरी याम्धाङ्वा नदी लिम्बुवान भूमि वरीपरी छोएर बगेको नदी हो । त्यसैले त यो लिम्बुवान भूमिको एक सास हो । त्यसैले त कति धेरै ठाउमा मुन्धुमसंग गाँसिएको छ यो नदी । आफ्नै बाटोमा निरन्तर बगिरहेको यो नदीलाई डाँडामा बसेर तल–तल सम्म हेरि पठाउछु । अनि सम्झन्छु । यो नदीको तिरै तिर गाँसिदै आएका मुन्धुमसंग जोडिएका मानव पाईलाहरु । ताप्लीजङ, पान्थर, छत्थर, चौबिसे गाउहरुको मुनिमुनि बगेको यो याम्बीरी याम्धाङवा नदी । यसको तिरै तिरको बाटोहरु पछ्यौदै जाँदा बाटोमा ‘हाङसेम्मा लुङ’ (राजाहरु छुट्टिदा गाडिएको ढुङगा), ‘थाक्चोःत्लुङ’, ‘पेपेलुङ’, (युमा माङ (युमा देवी)ले थाक(ताःन्) बुनेका, बसेका ढुङ्गाहरु), ‘सागेत्सुःत् लुङ’ र तल ‘कका माङ लुङ’ निस्कछ । अहिलेको बराह क्षेत्र, ‘कका माङ लुङ’ । याक्थुङ लिम्बुहरुले चखोबा देवता पनि भन्दछन् । हिजो मुन्धुम र इतिहासमानै स्पस्ट देखिएका यी स्थलहरु अहिले पनि भौतिक रुपमा यथावत छन् । यी क्षेत्रहरु पर्यटकका लागि मुन्धुमी क्षेत्रहरु हुन् । मुन्धुममा युमा माङ (युमा देवी) ले थाक (ताःन्) बुनेका, बसेका ढुङ्गाहरु हुन् थाक्चोलुङ, पेपेलुङहरु । याक्थुङ (लिम्बु) हरुमा महिलाहरु गर्भवती हुँदा शरिरबाट सातो निस्केर जान्छ । साक्पोःक् चोमेन् (पेट पुजा) गर्दा मुन्धुममा सातो लिन ‘सागेत्सुःत् लुङ’ पुग्नै पर्छ । लिम्बुवान् या लिम्बुहरु जुनसुकै ठाउ सुक्खीम (सिक्किम), जाजेङलुङ (दार्जिलिङ), बर्मा, भुटान, हङकङ, युके, अमेरीका बसेपनि महिलाहरु गर्भवती हुँदा साक्पोःक् चोमेन् (पेट पुजा) गर्नै पर्ने हुन्छ । यो साक्पोःक् चोमेन् गर्दा सातो लिन सागेत्सुःत् लुङ नपुगी मुन्धुम पूर्ण हुँदैन । हाङसेम्मा लुङ् दश थुमका राजाहरुले रोपेका ढुङ्गाहरु हुन् । नदीले बाटो फेर्दै आउदा धेरै ढुङ्गाहरुलाई उखेलेर अहिले एउटा मात्र छ यो हाङसेम्मा लुङ् । इतिहासमा राजाहरुसंग भएका यी ढुङ्गाहरु मुन्धुममा पनि उत्तिनै महत्व रहेको छ ।
याक्थुङ (लिम्बु) हरुको मुन्धुममा देवी देवताहरु नाहाङमा माङ, पापोहाङहरुमा प्रकट भईन । सबा साम्माङ हेब्याहरुमा प्रकट भए । त्यसैगरी पुङ साम्माङ याक्खाहरुमा । तुङदुङगे माङ साःम्बाहरुमा । थेबा माङ नेम्बाङहरुमा, कका माङ खजुमहरुमा प्रकट भएको मुन्धुम छ । छत्थरमा बस्ने याक्थुङ खजुमहरुको माङगेन्ना यक (उद्गम स्थल/गढ) छत्थर वारःक् (पोखरी) हो । छत्थर पोखरीबाट याक्थुङ खजुमहरुले सँगुर लखेट्दै ल्याए (किन लखेटे भन्ने अर्को लामो मुन्धुम छ) । उक्त सुँगुर तेलिया खोला, मदु खोला हुँदै चौबिसे, छिन्ताङबाट तल बराह क्षेत्र पुगेपछि देवीको रुप धारण गर्छन् । याक्थुङ खजुमहरुले सुँगुगर काट्दा काटिएका माटाका डोबहरु अझै त्यसै छन् । सँगुरको रगतले छत्थर वारःक् (पोखरी) वरीपरी रातोमाटो भएको किम्बदन्ती छ । अहिले पनि बराह क्षेत्रमा सँगुरको मुर्ति पुजिने प्रचलन यथावत छ । अहिले हिन्दुहरुमा विष्णुले सुँगुरको अवतारमा प्रकट भएको विश्वास गरिन्छ । याक्थुङ (लिम्बु)हरुले कका माङ/चखोबा माङ/हिम माङ भनेर पुज्ने गरेका छन् । अहिले पनि कका माङ लागेमा मुन्धुमम त्यहाँ पुग्नु पर्छ । यसरी कका माङको अगाडी बसेर यसी (सप्तकोशी) हेरी पठाउदा लिम्बुवान्को सासले अभुपूर्ण सितलता दिन्छ । मोटरबोटहरुमा पर्यटकहरु ओहोर दोहोर गरेको देख्न सकिन्छ । यसरी बराह क्षेत्र, धरान्, धनकुटा, छिन्ताङ् अनि माथि–माथि सङ्खुवासभासम्मको बाटोहरुको मुन्धुम सम्झन्छु । धनकुटा जिल्लाको “छिन्ताङ” । ताप्लीजङ्को “हेन्ताङ” । लिम्बु भाषा “सेन्दाङ” बाट बनेको हो भन्ने लोक उक्ति छ । लिम्बुवानका योद्धा काङ्सोरेको समाधिस्थल सभावारक् (सभापोखरी) हो । यहाँ सम्म पुग्ने बाटाहरु यात्रीहरु सम्झन्छु । यो ठाउ याक्थुङ येबा, साम्बा (धामी, देवारी)हरुले मुन्धुम प्राप्तीमा एक पटक नपुगी नहुने क्षेत्रहरु हुन् । पाईला पाईलामा मुन्धुम र साप्मुन्धुम (इतिहास) बोकेका क्षेत्रहरु हुन् ।
“यो सुमहात्लुङ पान्थर थुमको सबैभन्दा प्राचिन देवीथाःन् हो । देवीथाःन्लाई यहाँका स्थानीय याक्थुङ लिम्बुहरु साङ्धाबु माङयुक्नादेन् भन्दछन् । लिम्बुवानका थिबोःङ् याक्थुङ (दश लिम्बु) हरुले यहि बसेर देव शक्ति मागे । एकतामा बाँधिएर संगठित भए । तीन ओटा ढुङ्गा गाडे । आँपको बोट रोपे अनि वर्षौ देखि शाशन गरिरहेका आप्पुङ्गी (स्वतन्त्र) राजाहरुसंग युद्ध लडे । बिजय प्राप्त गरे । अन्तमा यहि स्थानमा आएर माङसेवा (देवी पुजा) गरे । त्यस दिन यता यस ठाउलाई सुम्जीरी सुम्हात्लुङ् आम्बे पजमा भनिन्छ । यो दश लिम्बुहरुको साङ्धाबु तेन् (देवी थाःन् ) हो । थिबोःङ् याक्थुङ् (दश लिम्बु)हरु मध्येको एक राजा पापोहाङ्हरुको आफ्नो कुल विशेशको उत्पतीस्थल वा उद्गम स्थल (माङगेन्ना यक) पनि हो यो स्थान ।”
ताप्लीजङको फुङलिङबाट पर लाबातेन्को बिचमा अवस्थित फङ्फङ्गे झरनाले उत्तिगै पर्यटकहरु लोभ्याईरहेको छ । यहासम्म दृश्यावलोकन गर्न जाने बाटाहरु ऐतिहाँसिक र पर्यटकिय छन् । यहाँ दृश्यावलोकन गर्न जाने र आउनेहरुको उत्तिगै खचाखच् छन् । सेता सेता कपाल भएका अग्ला अग्ला बिदेशी पर्यटकहरुको आवत जावत उत्तिनै छ । नजानी नजानी मेवा खोला, फावा खोला, घुन्सा खोला, याङ खोला, मौवा खोलाहरुको नामहरु उच्चारण गर्दै छन् । यी आवाजहरु मेरा कानमा ठोकिँदा गर्भवोध भएर आउछ । अगाडि किसिम किमिका चरा चुरुङगीहरुको आवाजहरु संगै पान्थर (पाँचथर) टेक्छु । हिलिहाङमा लिम्बुवान्का अन्तिम राजा हिलिहाङ् राजाको ठूलो शालिकमा शिर निहुर्यारउछु । सम्झन्छु शाह राजाहरुले लिम्बुवान राज्यमाथि आँखा गाडेबखत त्यहाँबाट लखेटिएको इतिहास । र आफ्नो समुदायमाथि आत्मसम्मानको अनुभुत गर्छु । मेरो यात्रा मिलुङ झरना तर्फ लम्कन्छ । सम्झन्छु यो त्यहि झरना हो जसको नाम मिलुङबा मृदुङ्गा बनाईयो । निरन्तर यात्रामा पान्थर जोरसाल थाक्के अहिलेको थाक्ले डाँडामा पुग्छु । तल याम्बीरी याम्धाङ्वा माझिटारमा र्यारप्टिङ गरेर आएका पर्यटकहरु बाटोमा भेट्टाउछु । उनीहरु आफ्नो जीन्दगीको एक अविष्मरणीय क्षण भन्दै आपसमा गफिँदै रहेछन् । फेदेन (फिदिम) पुग्नुअगाडी पर्यटकहरु सुम्हात्लुङ घुम्दै रहेछन् । टुरिष्ट गाईडले सुम्हात्लुङको मुन्धुम सुनाउदै रहेछ । “यो सुमहात्लुङ पान्थर थुमको सबैभन्दा प्राचिन देवीथाःन् हो । देवीथाःन्लाई यहाँका स्थानीय याक्थुङ लिम्बुहरु साङ्धाबु माङयुक्नादेन् भन्दछन् । लिम्बुवानका थिबोःङ् याक्थुङ (दश लिम्बु) हरुले यहि बसेर देव शक्ति मागे । एकतामा बाँधिएर संगठित भए । तीन ओटा ढुङ्गा गाडे । आँपको बोट रोपे अनि वर्षौ देखि शाशन गरिरहेका आप्पुङ्गी (स्वतन्त्र) राजाहरुसंग युद्ध लडे । बिजय प्राप्त गरे । अन्तमा यहि स्थानमा आएर माङसेवा (देवी पुजा) गरे । त्यस दिन यता यस ठाउलाई सुम्जीरी सुम्हात्लुङ् आम्बे पजमा भनिन्छ । यो दश लिम्बुहरुको साङ्धाबु तेन् (देवी थाःन् ) हो । थिबोःङ् याक्थुङ् (दश लिम्बु)हरु मध्येको एक राजा पापोहाङ्हरुको आफ्नो कुल विशेशको उत्पतीस्थल वा उद्गम स्थल (माङगेन्ना यक) पनि हो यो स्थान ।” यो सबै आवाजहरु सुनिसक्दै म वारी फेदेन हालको फिदिम बजार पुग्छु । होटलमा पर्यटकहरु भोलि सिलौटी डाँडामा ट्रेकिङ् जाने कुरा गर्दै रहेछन् । कति पर्यटकहरु भने ‘इधुङ्यक’ (साधुटार) जाने कुरा गर्दै रहेछन् । कति चाँहि हेवा खोलातिर बञ्जी जम्प गर्न जाने सल्लाह गर्दै रहेछन् ।
पान्थरबाट दक्षिण पट्टि इलाम जिल्ला पर्छ । ‘केइःबा’ (घुमाउरो) बाटो भएकाले इलाम नाम रहन गएको बुडा पाका सुनाउछन् । ईलाममा पर्यटकीय स्थलहरु माईपोखरी, सन्दकपुर, कन्याम, फिक्कल, झलल बलेका छन् । सन्दक्पुर याक्थुङ लिम्बु भाषा “साङपाबु” बाट अप्रभंम्स भई सन्दक्पुर भएको हो भन्ने लोक उक्ति रहेछ । यो ठाउहरुमा भ्रमण गर्न टाढा टाढाबाट आउने गर्छन् पर्यटकहरु । नामथाःला अर्को एउटा प्रख्यात ठाँउ हो । यस ठाउबाट सुर्योदय तथा सुर्योअस्त दुबै देखिने भएकाले यस ठाउलाई ‘नाम’ (सुर्य) नामथाःला भनिन्छ । माई खोला, पुवा खोला इलाम जिल्लाको मुलहरु हुन् । यी सबै इलामबजार तर्फ पर्छन् । म भने यता इलाम पान्थरको सिमाना डाँडै डाँडाबाट तल झर्छु ।
यो बाटो राँके, घुर्बिसे पञ्जमी, फुङसेःन्, हिवारी डाँडा, सप्तमी, रबि, हुँदै तल मिक्लाजोङ् डाँडा सम्मका पर्वतहरुलाई माहाभारा पर्वत भनिन्छ । चुरे पर्वत यिनीहरुको अर्को नाम हो । बाँया तर्फ इलाम जिल्ला चारखल हेर्दै जाँदा पाकेका लहलाउदा धान झुलेका पहेला रंगहरुले हरियो धर्तिलाई फुलबुट्टा भरिरहेका छन् । दाँया पट्टि पान्थरका बिभिन्न थुमहरु छन् । त्यहि थुममा पर्ने ‘फुङसेःन’ एक मुन्धुमी स्थल हो । मुन्धुममा केसामी र नाम्सामीको आमाले ‘अन्दन् फूङ’ (बाबरी फूल) र ‘सेक्मुरी फूङ’ (सिल्लरी फूल) रोपेको ठाउ । यो ठाउमा अहिले पनि वर्षको एक पटक ठूलो मेला ‘फुङसेःन् मेला’ लाग्ने गर्दछ ।
मिक्लाजङ डाँडालाई सामुने बनाएर डाँडैडाँडा आरालो झर्छु । यो यात्रामा कति हो कति मनमोहक डाँडाकाँडाहरुको दृश्यावलोकन् गर्न पाउछु । सम्झन्छु यत्तिका मनमोहक दृष्यहरु छोडेर किन स्वीजरल्याण्डको भ्रमणमा रुमलीनु ? यो बाटो राँके, घुर्बिसे पञ्जमी, फुङसेःन्, हिवारी डाँडा, सप्तमी, रबि, हुँदै तल मिक्लाजोङ् डाँडा सम्मका पर्वतहरुलाई माहाभारा पर्वत भनिन्छ । चुरे पर्वत यिनीहरुको अर्को नाम हो । बाँया तर्फ इलाम जिल्ला चारखल हेर्दै जाँदा पाकेका लहलाउदा धान झुलेका पहेला रंगहरुले हरियो धर्तिलाई फुलबुट्टा भरिरहेका छन् । दाँया पट्टि पान्थरका बिभिन्न थुमहरु छन् । त्यहि थुममा पर्ने ‘फुङसेःन’ एक मुन्धुमी स्थल हो । मुन्धुममा केसामी र नाम्सामीको आमाले ‘अन्दन् फूङ’ (बाबरी फूल) र ‘सेक्मुरी फूङ’ (सिल्लरी फूल) रोपेको ठाउ । यो ठाउमा अहिले पनि वर्षको एक पटक ठूलो मेला ‘फुङसेःन् मेला’ लाग्ने गर्दछ । केसामी नाम्सामी ‘वादुम्बक्वा’ (पोखरी) त्यहि परतिरबाट तल पर्छ । चिलिङदेन गाउको थोखुवा खोला नजिकै छ । याक्थुङ मुन्धुममा केसामी र नाम्सामीको आमाले पानी पिएको ठाउ । विशाल ढुङगामाथिको साना साना दुईओटा पोखरीहरु छन् । अलि पर बाट केहि तल जाने हो भने केसामी नाम्सामी मुन्धुमको एक महत्वपुर्ण स्थल, सेहोनाम्लाङ् (छालासुकुवा) डाँडामा पुगिन्छ । यो अहिलेको फाल्गुनन्द गाँउपालिका र मिक्लाजुङ गाँउपालिकाको सिमास्थल हो । मुन्धुममा नाम्सामीले केसामीलाई मारेर छाला काडे । छाला सुकाउने क्रममा कहि पनि छाला नसुकेपछि यहि ठाउ ‘सेहोनाम्लाङ्’ मा ल्याई पुर्याइ सुकाउदा मात्र सुकेको मुन्धुम छ । सेहोनाम्लाङ्मा नाम्सामीले केसामीको छाला सुकाउनको लागी ‘लिसुम्बे’ (चारकिला) ढुङ्गा गाडेको चारकुने जमिनमा झार पनि नउम्रिएको अहिले पनि देख्न सकिन्छ । जापानको हिरोसिमा र नागासाकी जस्तै नाङ्गो छ । यसको अर्थ मुन्धुमको प्रभाब एटम बमको भन्दा पनि ज्यादा रहेछ भन्न सकिन्छ । किनकि मुन्धुमको सुरुवात एटम बम आविस्कार भन्दा हजारौ वर्ष पहिल्यै हो ।
अलि तल झर्ने हो भने ‘यासःक्’ यक (थुम) छ । ईसापूर्व पहिलो लिम्बुवान् राज्य देखिनै यासःक् यक (थुम) इतिहासबाट नछुटिने नाम हो । दश लिम्बु राजाहरुले सुरु गरेको तीन वर्षमा एक पटक गरिने तीनसाले पर्व ‘तङसुम् तङनाम’ अहिले पनि ‘त्रिशाली मेला’ नाममा सुपरिचित छ । जो हरेक तीन वर्षमा भव्य मेला लाग्ने गर्दछ । हिजो ‘युमा माङ’ (युमा देवी)ले अवतार लिएको यक (गढ) यासःक् यक् । यहाँ ‘कुम्मा यक’ र ‘कुस्सा यक’ लोकन्दी बसे जसरी मिलेर बसेका छन् । यो कुम्मायक डाँडाबाट हेर्दा पारीपट्टि तेरथुम (तेह्रथुम)मा मेन्छ्यायेम डाँडा बेहुलीसरी लजाएर घुम्टो ओडेझै देखिन्छीन् । वरिपरी हेर्दा राती आकाशमा तारा चम्के जसरी झलमल्ल बलिरहेको हुन्छ लिम्बुवान । यस यासःक् यक (थुम) को कुम्मा यक् र कुस्सा यक्बाट अत्यन्तै धेरै लिम्बुवान भूमिहरु आँखा अगाडी देख्न सकिन्छ । हिजो पापोहाङ् राजाहरुले वर्षौ वर्ष अघिदेखि आफ्नो गढ बनाउदै आएको ठाउ हो यो ।
यता मिक्लाजङ् डाँडा आकास उक्लिएका छन् । हिजो मुन्धुम्मा ‘सोधुङगेन् लेप्मुहाङ’ले हामी मानिसहरुलाई बचाएका थिए । विशाल समुन्द्रको पानीमा सोधुङगेन् लेप्मुहाङको डुङगा अड्कीए रहेको ठाउ हो मिक्लाजुङ डाँडा । अहिले पनि आँखीडाही छेकिदिएर उभिएको छ । मिक्लाजङ डाँडा ‘मिक्लुङ्’ गढ हो । यहि गढ (यक) मा बसेर हामी याक्थुङ भयौं । अहिले पनि मिक्लाजङ् डाँडामा बसेर त्यो पर पर सम्मको समथर जमिन हेरीयो भने विशाल समुन्द्र भैm देखिन्छ । जो क्षितिजमा आकाससंगै विलिन हुन्छ । साँझ, बिहानको धमिलो सुर्यमा र रातको जुनेली उज्यालोमा त झन समुन्द्रसंग एक चिम्टी पनि फरक देखिँदैनन् । साँचै हिजो यही क्षेत्रहरुसम्म समुन्द्रको पानीले भरिदै आउदा सोधुङगेन लेप्मुहाङ्ले आफ्नो डुङ्गामा ‘नाम्साङ्गेन नाम्याप्मी’ (नासवान मानिस) हरुलाई राखेर बचाएको मुन्धुम छ । यसको प्रमाण अहिले पनि मिक्लाजङ मुनीका त्यो टोर्के कुसुन्डे वरपरबाट निस्कीरहेका चिल्ला—चिल्ला, गोला—गोला ढुङगा र बालुवाहरुले दिन्छन् । यसरी याक्थुङ (लिम्बु) हुनुको यक् मिक्लुङ यक् मिक्लाजङ डाँडामाथि चडेर परपर सम्म दृश्यावलोकन् गर्दा याक्थुङ (लिम्बु) हुनुमा मेरो मन पुलुकित भएर आउछ ।
तल तराई झरौं, अन्न उत्पादनले झपक्क छोपेको छ । ‘छापा’ (झापा), ‘मरङ’ (मोरङ), सुनसरीमा फलेको धान, नरिवल, सुपारी, खाएर कहिल्यै पनि सकिँदैन । हिजोको इतिहासमा मोरहाङ राजाले राज्य गरेको ठाउ अहिले मोरङ नामले सुपरिचित छ । माथि बिजयपुर दरबार छ । अहिले पनि याक्थुङ (लिम्बु) राजाहरुको इतिहास उत्तिनै जिवित छ । यसरी लिम्बुवान घुम्दै छु म ।
अहिलेको लिम्बुवान भूमिका राजनितिक अगुवाहरुले पनि विकास, शुशासन, इतिहास, पहिचानको राम्रो पहिचान गरेका छन् । यहाँ कार्यरत देशभक्त कर्मचारीहरु जनताको सेवामा अहोरात्र निश्पक्ष र पारदर्शिताका साथ तल्लीन छन् । विदेश गएका सारा दाजुभाइ स्वदेश फर्किएका छन् । आजभोलि त घर घरबाट साग सब्जी, फलफूल गाडीका गाडी बेच्न निकालिन्छ । सुन्तला पाक्ने समयमा जमिन ढकमक्क ढाकेको हुन्छ । जुनार त्यतीनै फलेका छन् । कागती त्यतीनै छ । हिमालहरुको मुन्तीरको यो सुन्दर गाँउहरुलाई हेर्दा साँचैकै मेरो मन फूरुङग हुन्छ । बङगाल, बिहार, भुटान, बङगालादेश सम्म निरन्तर ओसारिन्छन् लिम्बुवानमा उत्पादित अन्नबाली, फलफूल र जडिबुटीहरु । ‘पिखुमा’ (बिखम्मा), ‘चिमभिन’ (चिम्फिङ), ‘वारेक्पा’(सिलटिमुर), ‘मिदिङबा’ (टिमुर), ‘खानाक्पा’ (बहबिस), ‘सिदिङबा’ (काँडे पोथ्रा), ‘सुङ्घिङ’ (चिराइतो), ‘पाःङ्दु’ (मजिटो), ‘खेसुङदायी’ (मर्चा), ‘मयासलक्मा’ ( ), ‘हाङसे’ (हर्रो), कति जडिबुटिनै जडिबुटिले भरिएको छ लिम्बुवान । यतिमात्र होईन ‘आङवारोक’ (अमला), ‘नाम्न्योबा’ (तितेपाती), ‘याक्पेहि’ (शिलाजित), ‘हाङगाङसे’ (घोडाखरी), ‘हारोन्दी’ (बेसार), ‘आरेन्जी’ (अलैची), सबै यहि फल्छन् । गाँउ गाँउमा गाडी कुद्छ । गाँउ गाँउमा विद्यालय छन् । बालबालीकाहरु विदेशी पर्यटकहरुसंग फरर अंग्रेजीमा बोलीरहेका छन् । त्यतीनै फरर याक्थुङ लिम्बुभाषामा पनि बोलिरहेका छन् । विद्यालयमा याक्थुङ (लिम्बु) भाषामा पनि पढाई हुने रहेछ । पालाम, हाक्फारे, ख्याली बालबालीको मुख मुखमा झुण्डीएको छ । बिभिन्न जात जातिका मानिसहरु कति मिलेर बसेका । एउटा घरमा हरियो मकै मात्र केही दिन अगाडी पाक्यो भने पनि पुरै गाँउले बाँडेर खाने रहेछन् । बाहुन, क्षेत्री, मगर, राई कति राम्ररी लिम्बुभाषा बोलेका । लिम्बुहरु त झन सरलक्क लिम्बु भाषा मात्र बोल्ने रहेछन् । धानको बोटमा ‘मालेन्दो’ (सामा) नछुटिए जसरी लिम्बुको हाँजमा राई नछुट्टिएको । राईहरुको हाँजमा मगर नछुट्टिएको । अनि त्यसरीनै खस, आर्य सबै एउटै फूलबारीको थरी—थरी रंग सरी ढकमक्क मिलेर फूलेका फूलबारी जस्ता । एकको सुन्दरतामा अर्काको सौंन्दर्यता थपिएर बसेका । कति धेरै कल कारखानाहरु छन् । दिन रात कारखानाहरुमा काम गर्न जाने र आउने मानिसहरुको भिड देख्दा म आफै लामो सास लिएर खुशिले फुरुङग हुन्छु । अघिल्तिरबाट ‘फक्ताङलुङ् नाःङ्जङ्’ (कुम्भकर्ण हिमाल) ले मलाई हेरेर मुस्कुराउछ । म पनि यताबाट मुसुक्क मुस्कुराई दिन्छु । अनि आफ्नो बाटो लाग्छु ।
नोटः
(यो निबन्ध लिम्बू भाषाको निबन्ध सङग्रह ‘थिक् निसेन’ (एक दृष्टान्त) आधुनिक लिम्बू निबन्धबाट नेपालीमा अनुवादित हो । निबन्ध सङ्ग्रह ‘थिक् निसेन’ लिम्बुहरूको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङद्वारा हरेक दुई वर्षमा प्रदान गरिने इमानसिंह चेम्जोङ पुरस्कार २०७९ बाट पुरस्कृत सङ्ग्रह हो ।)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...