पृथ्वीनारायण शाहको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनलाई राष्ट्र निर्माताकारुपमा लिने गरिन्छ । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए, जसलाई केही इतिहासहारहरू 'गोर्खा राज्य'को विस्तारको रुपमा पनि लिने गर्दछन् ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- 'म पृथ्वीनारायण शाह बोल्दैछु':_

१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।

३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।

४. सुरक्षा निकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार