नर्सिङ व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिङ्गेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । उनको परिवारमा उनका मातापिता र एकजना बहिनी थिए ।

फ्लोरेन्सका मातापिताले उनलाई नर्स बनाउन चाहेका थिएनन् । तर उनी भने मानिसहरुको सेवाका लागि नर्स बन्न उचित ठान्थिन् । उनलाई ऐस आरामको जिन्दगीसँग खासै लगाव थिएन । 

फ्लोरेन्सकी हजुरआमा बिरामी पर्छिन् र त्यहि बेलामा फ्लोरेन्सले हजुरआमाको रातदिन सेवा गर्ने मौका पाउँछिन् । यो घटनापछि फ्लोरेन्सलाई थप हौसला प्राप्त हुन गई परिवारको विरुद्धमै गएर भएपनि नर्सिंगको पढाई गर्छिन् ।

फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् ।

ब्रिटिश सरकारको ‘लेडी विथ द ल्याम्प’ को उपाधी बाट र त्यसैगरी ‘रोयल रेड क्रस’ बाट पनि सम्मानित भएकी फ्लोरेन्स नाइटिंगेलको निधन भने १३ अगस्त १९१० मा भएको थियो ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- 'म फ्लोरेन्स नाइटिङ्गेल बोल्दैछु':-

१.मेरो सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि मैले कहिल्यै कुनैपनि किसिमको बहानाको सहारा लिइँन ।
२.मलाई पूरा विश्वास छ कि सबैभन्दा ठूलो नायक उही हुन्छ, जो घरेलु कामको साथै आफ्नो ड्यूटी गर्ने गर्छ ।
३.कसैलाई गोली लाग्दछ भने सर्जरीको काम भनेको उसको शरीरबाट त्यो गोली निकाल्ने मात्र हो । उसको घाउ त प्रकृतिले नै ठिक गर्दछ ।
४. मलाई मेरो जीवन धनदौलतका साथ गुजार्नु छैन । किनकी मेरो जीवन त मानिसहरुको भलाईको लागि हो ।
५. नर्सिङ एउटा कला हो यदि यसलाई कला बनाइन्छ भने । यसका लागि पाइन आर्टस् प्रति एकदमै उत्कृष्ट भक्तिको जरुरत हुन्छ ।
६.यदि मैले तपाईंलाई आफ्नो जीवनको जानकारी दिन्छु भने मैले यो देखाउनु पर्छ कि एउटा साधारण क्षमता भएकी स्त्रीले अचम्मको र गाह्रो बाटोको नेतृत्व गरेकी छे ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार