धनपत राय श्रीवास्तव (साहित्यिक नाम: मुन्शी प्रेमचन्द) एक आधुनिक हिन्दुस्तानी साहित्यकार थिए। प्रेमचन्द भारतीय उपमहाद्वीपका सबैभन्दा प्रसिद्ध लेखकहरू मध्ये एक हुन्। उनी बीसौँ शताब्दीको सुरुवाती समयको अग्रणी हिन्दी लेखकहरू मध्ये एक हुन् भन्‍ने कुरा मानिन्छ।

उनले सुरुमा कलम नाम 'नवाब राय'बाट लेख्‍न सुरु गरे र पछि मात्र 'प्रेमचन्द' नाम ग्रहण गरे, जहाँ 'मुन्शी' एक मानद उपसर्ग थियो। उनी हिन्दी भाषाको उपन्यास सम्राटको रूपमा पनि प्रख्यात छन्।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- 'म मुन्शी प्रेमचन्द बोल्दैछु"-

१.विद्धान हुँदैमा मानिसले आत्मिक गौरव प्राप्त गर्न सक्दैन । त्यसका लागि सदचरित्र हुनु परमावश्यक छ । चरित्रको अगाडि विद्वत्ताको मूल्य कम छ ।

२.बालकको चरित्र मातापिताको सदाचार, परिवारप्रतिको व्यवहार, घरको पवित्रताबाट निर्माण हुन्छ ।

३.चोर दण्डबाट मात्र बच्न चाहन्न, ऊ त अपमानबाट बच्न चाहन्छ । ऊ दण्डबाट त्यति डराउन्न, जति अपमानबाट डराउँछ ।

४.मानसम्मान त्यतिखेरसम्म छ, जतिखेरसम्म अरूको अगाडि सहयोगका लागि हात थापिन्न ।

५.कसैलाई पनि अर्काको श्रम पचाएर मोटाउने अधिकार छैन । कर्म गर्नु नै प्राणी मात्रको धर्म हो ।

६.विचार र व्यवहारमा सामञ्जस्य नहुनु नै धैर्यता हो, गद्दारी हो ।

७.आफ्नै घरमा जसले सुधार गर्न सक्दैन उसले अरूलाई सुधार्ने चेष्टा गर्नु ठुलो धूर्तता हो ।

८.सानो ठुलोको भेद केवल धनैबाट हुँदैन । मैले ठूलाठूला धनकुवेरलाई भिक्षुका सामुन्ने घुँडा टेकेको देखेको छु ।

९.कर्तव्यले कहिल्यै आगो र पानीको वास्ता गर्दैन, कर्तव्य पालन नै चित्त शान्तिको मूल मन्त्र हो ।

१०.भय जस्तै साहस पनि सङ्क्रामक हुन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार