भारतका एघारौं राष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुको रामेश्वरममा भएको थियो ‘मिसाइलम्यान’को नामले पनि परिचित कलामको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो ।

उनी जीवनभर अविवाहित रहे । अब्दुल कलामको पिता जैनुलाब्दीन न त धेरै पढेलेखेका थिए, न त धेरै धनी नै थिए। उनी एक नाविक थिए र नियमका पक्क थिए । यिनको पिता मछुआराहरूलाई नाऊ भाडामा दिने गर्थे । अब्दुल कलाम सयुंक्त परिवारमा रहन्थे ।

अवुल पकीर जैनुलबीदीन अब्दुल कलाम लाई भारत सरकार द्वारा सन् १९८१ मा प्रशासकीय सेवाका क्षेत्रमा पद्म भूषणबाट सम्मानित गरिएको थियो। डाक्टर कलामलाई भारतका सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट १९९७ मा सम्मानित गरिएको छ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- 'म अब्दुल कलाम बोल्दैछु';

१. यदि तपाईं सूर्यझैं चम्किन चाहनुहुन्छ भने तपाईं पनि सूर्यजस्तै जल्नुपर्ने हुन्छ ।

२. सफल भएका कथाहरु मात्र पढ्यौ भने, तिमीले सन्देश मात्र पाउँछौं । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्वपूर्ण पाठ थाहा पाउन सक्छौं ।

३. ती सपना होइनन्, जो तपाई निद्रामा देख्नुहुन्छ, सपना त ती हुन जसले निदाउन दिँदैन ।

४. सबै चराहरुले वर्षातमा छहारीको खोजी गर्छन् । तर गरुडले त्यसको पर्वाह गर्दैन । किनकी गरुड बादलभन्दा माथि उड्छ ।

५. सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन । तिमी पूर्ण रुपले जागा भएको बेला देखेको काल्पनिक शक्ति हो ।

६. कसैलाई हराउन एकदम सजिलो हुन्छ तर, कसैलाई जित्न त्यो भन्दा गाह्रो हुन्छ ।

७. महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो, तर ‘साना’ मान्छेहरु यसलाई लडाइँको साधन बनाउँदछन् ।

८. सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु निको पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।

९. तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ । तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । त्यही सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ ।

१०. यदि देशलाई भ्रष्टाचारमुक्त र सुन्दर दिमागहरुको राष्ट्र बनाउने हो भने, मलाई लाग्छ समाजका तीनवटा सामाजिक सदस्यले यसका लागि परिवर्तन ल्याउन सक्दछन्, ती हुन् आमा, बुबा र शिक्षक ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार