कबीर दासको जन्म सन् १३९८ भारतको वराणसीमा भएको थियो। । उनी पन्ध्रौँ शताब्दीको भारतीय रहस्यवादी कवि तथा सन्तका रूपमा प्रशिद्ध छन् । उनी जुलाहा थिए । कपडा बुन्ने काम उनको पुर्ख्यौली पेशा थियो । उनी हिन्दी साहित्यको भक्तिकालीन युगमा ज्ञानाश्रयी-निर्गुण शाखा काव्यधारको प्रवर्तक थिए।
कबीरको कवितामा सामाजिक र आध्यात्मिक चिन्तन पाइन्छ । वीजक,साखी, शब्द, रमैनी आदि उनका प्रमुख कृतिहरू हुन् । उनी सिद्ध, गोरखनाथ र रामनन्दबाट प्रभावित बताइन्छ । कबीरपन्थ नामक धार्मिक सम्प्रदाय उनका अनुयायी हुन् । दादु, नानक, पीपा, हजारी प्रसाद द्विवेदी आदि उनको विचारका अनुयायी मानिन्छन् । सन् १४९४ मा भारतको मगहरमा उनको देहावसान भएको थियो ।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- 'म कबीर दास बोल्दैछु' :
१.चन्चल मनको कुनै स्थिर मत हुँदैन । यसको जुन अज्ञातपूर्ण खराब बानी हुन्छ, स्वअध्ययन–साधनाबाट त्यसलाई छुटाऔं ।
२. सर्पको दाँतमा विष हुन्छ, झिँगाको टाउकोमा र बिच्छुको पुच्चरमा । तर, दुर्जन व्यक्तिको पुरा शरीरमा विष हुन्छ ।
३. ज्ञानले मात्र के हुन्छ, जब उसको आचारणमा स्थिरता छैन भने । जसरी कागजको महल देख्नसाथ भत्कन्छ, त्यसरी नै आचरण नभएको मानिस शीघ्र पतित हुन्छ ।
४. जब तिम्रो जन्म भयो, तिमी रोयौं, जगत हाँस्यो । आफ्नो जीवनलाई यसरी जिउनु पर्छ कि, जब तिमी मर्छौं, दुनिया रुन्छ, तिमी हाँस्छौं ।
५. कुनैपनि सज्जन वा साधको जात नसोध, उसको ज्ञान सम्झनुपर्छ । सधै तरवारको मूल्य हुन्छ, त्यसलाई ढाक्ने खोलको होइन ।
६. मन रंगिएको छैन, लुगा मात्र रंगायौं । आत्मभित्रको देवलाई छाडेर मन्दिरभित्रको ढुंगा पूज्न थाल्यौं ।
७. यस संसारमा आएर केवल यति सोंच कि सबैको भलो होस् । यदि संसारमा कैसँग मित्रता छैन भने, दुश्मनी पनि किन ?
८. जसरी पानीको फोका हुन्छ, त्यसैगरी मनुष्यको शरीर क्षणभंगुर छ । जब बिहान हुन्छ, सबै तारा लुक्छ । त्यसैगरी शरीर पनि एकदिन नष्ट हुन्छ ।
९. जब म यस संसारमा खराब खोज्न निस्किएँ, तब खराब केही पाइन । जब मैले आफ्नै मनलाई झपारेर हेरें, तब म भन्दा खराब कोही पाइन ।
१०. ठूल–ठूला पुस्तकको ठेली पढेर यस संसारमा कति मान्छे मृत्युको ढोकामा पुगे, तर सबै विद्वान भएनन् । तर, कोही प्रेम वा प्यारको केवल अढाईं अक्षर राम्ररी पढ । अर्थात प्रेमको वास्तविक रुपले पहिचान गर, साचो ज्ञान त्यही हो ।
११. जे भोलि गर्नुछ, त्यसलाई आज गर । जुन कुरा आज गर्नुछ, त्यो पनि आज नै गर । कुनैपनि घडीमा तिम्रो जीवन समाप्त हुनेछ । त्यसबेला केही गर्नै पाउने छैनौं ।
१२. मनलाई स्थिर राख्दा नै सबैकुरा हुन्छ । यदि कुनै मालीले कुनै रुखलाई जतिसुकै गाग्राी पानिले सिंचित गरेपनि फल त ऋतु आएपछि नै लाग्ने हो ।
१३. कति व्यक्ति लामो समयसम्म मोतीको माला लिएर हातमा घुमाइरहन्छ, तर उनको मनको भाव बद्लिदैन । उसको मनमा जुन हलचल हुन्छ, त्यो शान्त हुँदैन । हातको यी माला घुमाउन छाड, मनलाई मोतीमा बदल्ने प्रयास गर ।
परिचय खण्ड जनक कार्कीले लेखेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...