माओ जेदोङ वा माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।आफ्ना सबै काममा आदेशहरुको पालन गर ।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रसुती- 'म माओ त्से तुङ बोल्दैछु':
१.जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ ।
२. कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ ।
३.नम्र भएर बोल ।
४.आफूले किनेका मालको सुपथ मोल तिर ।
५.आफूले पैचो लिएको प्रत्येक कुरा फर्काऊ ।
६.आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर ।
७.जनतालाई कुटपिट र हप्काउने नगर ।
८.बोली नबिगार स्वास्त्रीमानिसहरुसँग छाडा व्यवहार नगर ।
९.बन्दीहरूसित नराम्रो व्यवहार नगर ।
१०.अन्तरविरोधहरुको विकासले ने समाज अघि बढ्छ ।
११.कुचो नपुगेको ठाउँमा कसिंगर रहन्छ । जहाँ कुची पुग्दैन, त्यहाँको कसिंगर आफै बिलाउँदैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...