विन्सटन चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए। यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री थिए। प्रधानमन्त्रीको रूपमा, चर्चिलले द्वितीय विश्व युद्धमा बेलायतलाई सफलता दिलाए । प्रतिनिधि सदस्य (सांसद) को रूपमा आफ्नो क्यारियरको समयमा चर्चिलले पाँच निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुतु- 'म विन्स्टन चर्चिल बोल्दैछु':
१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।
२. सफलताका तीन सूत्रहरू छन्- एक, कहिल्यै हरेस नखाउ। दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
३. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौँ ।
४. हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
५. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर पनि हौँ, जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
६. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
७. इतिहास सधैँ विजेताहरूबाट लेखिएको हुन्छ ।
८. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९, युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौपटक ।
१०. छोटा शब्दहरू राम्रा हुन्छन र पुराना शब्दहरू सबैभन्दा राम्रा ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...