फ्रान्सिस बेकन (२२ जनवरि १५६१ – ९ अप्रिल १६२६) अङग्रेजी दार्शनिक,लेखक,बैज्ञानिक,वकील,न्यायधिस तथा राजनितिज्ञ थिए। प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति, 'म फ्रान्सिस बेकन बोल्दैछु':
१. आशा एक राम्रो ब्रेकफास्ट हो तर खराब रात्रिभोज ।
२. ज्ञान नै शक्ति हो ।
३. यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।
४. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ ।
५. श्रीमतीहरू युवा अवस्थाका प्रेयशी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।
६. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।
७. कहिलेकाहीँ खराब व्यक्तिले असल सुझाव दिन सक्दछ ।
८. हामीले प्रकृतिलाई अनुसरण गर्न बाहेक निर्देशित गर्न सक्दैनौ ।
९. क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्त्वपूर्ण हुन्छन् ।
१०. न्यायको क्षेत्र एउटा खोक्रो ठाउँ हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...