हिन्दु दर्शनका प्रसिद्ध विद्वान स्वामी विवेकानन्द (नरेन्द्रनाथ दत्त)को जन्म १२ जनवरी सन् १८६३ मा भएको थियो । साथै उनको मृत्यु ४ जुलाई सन् १९०२ मा भएको थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको 'विश्व धर्म सभा'मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमा नै पुर्याएका थिए। उनले गुरु रामकृष्ण परमहंसबाट शिक्षा ग्रहण गरेका थिए ।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- 'म स्वामी विवेकानन्द बोल्दैछु':
स्वामी विवेकानन्दका २० जीवनोपयोगी भनाई
१. यदि धन कसैलाई सहयोग गर्न प्रयोग हुन्छ भने मात्र त्यसको मूल्य छ,नत्र यो मात्र एउटा दुष्टको थुप्रो हो ।
२. उठ,जाग र तिमी तबसम्म नरोक्केउ जबसम्म तिम्रो लक्ष्य पुरा हुँदैन ।
३. आफूलाई कमजोर सम्झिनु सबैभन्दा ठूलो पाप हो ।
४. बस उनीहरु नै जिउँछन्, जो अरुको लागि जिउँछन् ।
५. हामी त्यो हौँ जो हाम्रो सोचले बनाएको छ,त्यसैले आफूले सोच्ने कुराको ध्यान देउ ।
६. तिमी आफूलाई बलवान सोचे बलवान बन्छौ र कमजोर सोचे कमजोर बन्छौ ।
७. त्यो हामी नै हौँ, जो आफ्नो आँखामा हात राखेर अँध्यारो भयो भन्छौँ ।
८. एक समयमा एउटै काम गर, त्यो काम गर्दा सबै ध्यान त्यसमै लगाएर अरु भुलिदेउ ।
९. सबैभन्दा ठूलो धर्म आफ्नो स्वभावप्रति सच्चा हुनु हो, त्यसैले आफूप्रति विश्वास गर ।
१०. दिल र दिमागको टक्कर भयो भने तिमी दिलले भनेको सुन ।
११. कुनै दिन तिम्रो सामु कुनै पनि समस्या आउँन छोड्छ भने सोच तिमी गलत बाटोमा छौ ।
१२. कुनै पनि देशको विकासका लागि युवाहरुको त्यागको आवस्यकता पर्दछ, तर ध्यान देउ त्यो त्याग पशुहरुको होइन ।
१३. मुक्ति त्यसको लागि हो,जसले अरुको लागि आफ्नो सबै त्याग गर्दछ ।
१४. केहि पनि नमाग्नु र सहयोग गरेबापत केहि आशा पनि नराख्नु ।
१५. त्याग बिना कुनै पनि महान कार्य सफल हुन सक्दैन ।
१६. प्रेम नै जीवनको एक मात्र नियम हो ।
१७. विकास जीवन हो भने विनाश मृत्यु हो ।
१८. यदि हामी भगवानलाई अभिभावक मान्ने तर दैनिक जीवनमा प्रत्येक मनुष्यलाई आफ्नो दाजुभाई मान्दैनौ भने प्रार्थनाको केहि अर्थ हुँदैन ।
१९. प्राचीन धर्ममा भगवानको विश्वास नगर्नेलाई नास्तिक भनिन्छ तर नयाँ धर्ममा स्वयंको विश्वास नलाग्नेलाई नास्तिक भनिन्छ ।
२०. कुनै समयमा मानिसले अनुभव गर्नेछन्, सानै भएपनि मानव जातीलाई गरिएको सहयोग लाखौँ पटक गरिएको जप ध्यान भन्दा धेरै हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...