महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेश्रा छोरा थिए।देवकोटा बहुमुखी प्रतिभका धनी एवम् असाधारण लेखक थिए; जसले आफ्नो दस वर्षको उमेरदेखि कविता लेखनको शुरूवात गरी छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन।
देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन् । विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो । वियोगान्त नाटक ´मुनामदन` यिनी मरेको पाँच दशक पछिसम्म पनि साझा प्रकाशनद्वारा अत्यधिक बिक्री हुने कृतिमा पर्दछ। ´मुनामदन` नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखन स्वच्छन्दवादका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो। देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू ´शारदा` मासिकमार्फत जनमाझ पनि आए।
प्रस्तुत छ, महानव वाणीहरूको बुँदागत प्रस्तुती 'म लक्ष्मीप्रसाद देवकोटा बोल्दैछु':
१. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।
२. कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।
३. खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।
४.दर्शन भय हो भने कविता सत्य हो ।
५.घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।
६.जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।
७.शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।
८.संसार अँध्यारो समान हो ।
९.मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।
१०. चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...