फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै
महागुरु फाल्गुनन्द लिङदेन (वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महागुरु तथा समाज सुधारक थिए। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बु थिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लाई एको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो।
आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त गर्नुभएका फाल्गुनन्द लिङदेनले सेनामा रहदा पनि सांझ बिहान पूजा पाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो। लडाईबाट बिश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ज्ञान तथा समस्त किंराती जातीहरूका मौलिक धर्म संस्कृतिको प्रचार गर्दै उनी भारतका विभिन्न भाग लगायत भुटान हुदै पूर्वी नेपालको ईलाम आफ्नो जन्मस्थल ( इभाङ ५ चुक्चिनाम्बा, इलाम) आइपुगे।
आफ्नो गाँउ,ठाँउ आफ्नो जात तथा विशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक विसंगति, विकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाक २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका वरिष्ठ ब्यक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा हामी आफ्नो वास्तविक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरी पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै विसंगति , विकृती र कुरितीहरूबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, बनाइयो र करीब हजारौका संख्यामा उपस्थितहरूले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुंदे मुचुल्काको प्रचार प्रसार गर्ने वचन बाँधेर छुट्टिए।
फाल्गुनन्नदले धर्म प्रचार प्रसार वा साँझ बिहान आ- आफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ गर्ने र सामुहीकरूपमा पनि ‘माङ सेवा’ गर्नका लागि मेची र कोशी अञ्चलका विभिन्न स्थानमा ७ वटा माङहिम (मन्दिर) बनाएका छन। र उनले कुम्भकर्ण हिमाललाई किँरातीहरूका पवित्र धार्मिक तथा तिर्थ स्थल मान्दै त्यहाँ पनि एक ‘माङहिम’ बनाए। र उक्त कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजनहरू ‘माङसेवा’को लागि जाने क्रम दिनानुदिन वृद्धि भइरहेको छ।
फाल्गुनन्दले यसरी ‘सत्यहाङमा मुचुल्का’ मात्र बनाएनन् समय समयमा लिम्बुबान क्षेत्रका हरेक गाँउ,गाउँमा निरिक्षण पनि गर्दै रहे, त्यसैक्रममा उनी पटक पटक आफ्ना चेला भुलाहरूसगं कुम्भकर्णका फेदीसम्म पनि पुगेका छन् र जंहा महिनौ दिनसम्म ध्यान तपस्या पनि गरेका छन्।
यसरी धर्म प्रचार तथा मौलिक्ताको पहिचान गराउदै हिड्दा तत्कालीन राणा सरकारले यसले राजनीति गरी राणा शासनको बिरोधमा जन्ताहरूलाई जागरुक तुल्याउदै छ कि भन्ने आशंकामा राणा शासकका तत्कालिन धनकुटा जिल्लाका बडा हाकिमको निर्देशनमा उनलाई काठमाण्डौमा पुर्याई सोधपुछ पनि गरिएको थियो।
त्यसैले आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, अन्नबाली होस, चाहे जस्तो सुकै खाने कुरा पनि ‘हिम साम्माङ’, ‘युमासाम्माङ’लाई नचढाइ खानु हुन्न, ‘हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउदा उनी खुशी हुदैनन् त्यसैले पशुबली नगर्नु, त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउने फाल्गुनन्नदलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योती अनि तत्कालिन सामाजिक अर्थ ब्यावस्थालाई राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजका लागि ब्यावहारीक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थबिदको रूपमा पनि लिन सकिन्छ। दोस्रो विश्वयुद्धमा तत्कालिन ब्रिटिश साम्रज्यका सिपाहीका रूपमा भारत लगायत बर्मामा लडाई लड्दा लड्दै यो लडाईबाट विश्वमा शान्ती स्थापना गर्न नसकिने यसले झनै रक्तपात, हत्या र हिंसामात्र निम्त्याउने वास्तबिक शान्ति भनेको शिक्षा,ध्यान, तप र धर्म तथा मौलिक्ताको पहिचान भएमा मात्र आउछ भन्ने कुराको ज्ञान उनले बाँडेका थिए। महागुरु फाल्गुनन्दले पाँचथर जिल्लामा गरेको धार्मिक भेलामा जम्मा भएका मानिसहरूलाई विभिन्न सुझावहरू दिए । ती मध्ये केहि निम्न छन् :-
युमाठेवाको आराधना गर्ने,
श्रीजंगा लिपिमा अध्ययन गराउने,
नैवेध तथा फूलपातिबाट पूजापाठ गर्ने,
माङहिङ निर्माण गर्ने,
मादक पदार्थ सेवन नगर्ने,
छोराको बिहेमा दाम नलिने,
स्वदेशी कपडा लगाउने,
छोरा र छोरीलाई समान शिक्षा दिने,
मृतात्मालाई अदुवा, चामल तथा फलफुल चढाउने ।
महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँ त धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि.सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छ। वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको 'सत्य धर्म मुचुल्का'को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन्। महागुरु फाल्गुनन्दलाई वि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरिएको थियो।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म महागुरु फाल्गुनन्द बोल्दैछु'
१.अपराधिक सोँचले नाश होइन्छ ।
२.सबै मानिसलाई मानवका रुपमा हेर्ने, चिन्ने र व्यवहार गर्ने गर्नु पर्दछ ।
३. एकताले भाग्योदय हुनेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...