अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति बनेका नेल्सन मन्डेला दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका व्यक्ति हुन् । उनलाई सन् १९९३ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। उनको आकर्षक व्यक्तित्व, रसिकपन र कठोर दुर्व्यवहार गर्नेहरुलाई समेत प्रतिशोधपूर्ण भावना नराख्ने बानीका साथै अदभूत जीवन कथाले आंशिक रुपमै भएपनि उनको विश्वस्तरीय छविको व्याख्या गर्छ।
सन् १९९९ मा राष्ट्रपतिको जिम्मेवारी छोडे यता मण्डेला दक्षिण अफ्रिकाका सबैभन्दा सम्मानित व्यक्तित्व थिए। उनले एचआइभी/एड्स विरुद्धको अभियानमा र आफ्नो देशलाई सन् २०१० मा विश्वकप फुटबल खेल आयोजना गर्ने अधिकार दिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पछिल्ला वर्षहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त मण्डेला द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कंगो, बुरुण्डी, अफ्रिकाका अन्य देशहरु र अन्यत्रका शान्ति वार्ताहरुमा संलग्न थिए।
प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म नेल्सन मन्डेला बोल्दैछु'
१. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ, डर माथि विजय पाउनु पनि रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो- जो डरको बाबजुद अघि बढ्दछ।
२. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट जातिवाद घृणित कार्य हो, यो एक बर्बरता हो ।
३. एउटा ठुलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
४. स्वतन्त्र हुनु मात्र जन्जिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।
५. जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो असम्भव लाग्दछ ।
६. जब कुनै खुसीयाली मनाइन्छ तब आफू पछि र दोस्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउँदछ तब आफू अघि र दोस्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईँको नेतृत्वको प्रशंसा गर्नेछन् ।
७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।
८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधैँ विजयलाई जोडिरहेका हुन्छन् ।
१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...