बुद्धि सागर नेपाली साहित्यका उपन्यासकार हुन् । उनी कर्णाली ब्लुज उपन्यासद्वारा चर्चामा आएका थिए । उनको 'फिरफिरे' नामक दोस्रो कृति प्रकाशित छ ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म बुद्धी सागर बोल्दै छु':

१. असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराब शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ ।
२. अरूले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्त्वपूर्ण होइन । आफूले 'आफ्ना' बारेमा के सोचिन्छ, त्यो महत्त्वपूर्ण हो ।
३. एसएमएस जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने कुरा नगर । कुरा गर त, चिठीजस्तो । ढिला आउने, पढिरहूँ लाग्ने ।
४. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्नसक्छ ।
५. अहिलेका पीडाहरू नै पछि गएर जीवनका अमूल्य सम्पत्ति हुनेछन् ।
६. बाटो ओरालो लागेर पातालै पुगे पनि एक न एकदिन उकालो लाग्छ । त्यसैले हिँड्न छाड्नु हुँदैन ।
७. सबैभन्दा ठुलो वरदान- काम गरिगरी कामले नै थाक्नु । सबैभन्दा ठुलो श्राप- आराम गरिगरी आरामले नै थाक्नु ।
८. शिशिरमा झरेको अन्तिम पातले वसन्तमा फूलहरूको लस्कर लिएर आउँछ । आँसु त्यतिकै खसेको होइन ...
९. फूलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो वासनाको 'मूल्याङ्कन' भएन भनेर कचकच गर्दैन।
१०. एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर, फेरि अरूलाई रुवाउन मन मान्दैन ।
स्रोत : बुद्धिसागरको फेसबुक पेज

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार