मदर टेरेसा (२६ अगस्ट, १९१० - ५ सेप्टेम्बर, १९९७)को जन्म अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन ।
उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो । मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटीको कार्य लगातार विस्तृत भइरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियन्त्रित गरिरहेकी थिइन् ।
प्रस्तुत छ, महानवाणीहरूको बुँदागत प्रस्तुति 'म मदर टेरेसा बोल्दैछु':
१.तिमी कति काम गर्छौ यो(सफलताको लागि) महत्त्वपुर्ण कुरा हुँदै हैन, तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो ।
२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाऊ ।
५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७. हामीसँग शान्ति छैन किनभने हामीले यो बिर्सियौँ की हामी एक अर्काका लागि हौँ ।
८. अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो ।
९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...