आयरिश कवि र लेखक, नाटककार ओस्कार वाइल्डले लेखेको एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले उनको प्रतिक्रिया बुझ्नको लागि सोधे, 'भन्नुस्, कस्तो रह्यो तपाईंको नाटक ?' वाइल्डले पुरा आत्मविश्वसले मुस्कुराउदै भने, 'नाटक त एकदम सफल भयो तर दर्शक असफल भए ।'

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति 'म ओस्कार वाइल्ड बोल्दैछु':

१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
२. साँचो मित्रले सधैँ तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
३. एउटा साधारण व्यक्ति र सन्तमा यत्ति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग उसको भविष्य ।
४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
५. महिलाहरू प्रेमका लागि बनेका हुन्, बुझ्नका लागि होइन ।
६. हामी सबै नालीमा बाँचिरहेका छौं तर कोही कोहीको नजर चम्किला ताराहरूप्रति छ ।
७.राज्यले हाम्रो अधिकारको रचना गर्दैन, केवल अधिकारलाई स्वीकृति प्रदान गर्दछ ।
८. सत्य दुर्लभ रूपमा सत्य हुन्छ तर साधारण कहिल्यै हुँदैन ।
९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।
१०. व्यक्ति जसले आफ्नोबारे सोच्दैन, उसले सबैथोक सोचिरहेको हुँदैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार