ब मार्ली (१९४५-१९८१)  अर्थात् ‘बफेलो सोल्जर्स’, ‘नो वुमन एण्ड मेन क्राय । बाबा मार्ली अर्थात् समानताका कुरा गर्ने गायक । बब मार्ली अर्थात् एक क्रान्ति ।

नेष्टा रोबर्ट मारले, उनको वास्तविक नाम । उनी  उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् । बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए । 

उनले सानैदेखि जातीय उत्पीडनविरुद्ध गीत गाउन थाले । उनको औपचारिक गायनयात्रा भने जिम्बाबेका जनताले चलाएको मुक्तियुद्धको पक्षमा गीत गाएपछि सुरु भएको हो । उनले ‘भोले बम बम’ भन्ने हिन्दू भजन समेत गाएका छन् ।  प्रस्तुत छ,  महान वाणीहरूकाे बुँदागत प्रस्तुतिकरण ‘म बब मार्ली बाेल्दै छु’:

१. आखाँ खोल र आफैलाई हेर, के तिमीले जिइरहेको जिवनप्रति तिमी सन्तुष्ट छौ ?
२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
३. संगितको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हिर्कौछ तब कुनै पीडा हुँदैन ।
४. थोरै मानिसले मात्र वर्षातको अञुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।
५. आफ्नो इतिहास नबिर्स न त भाग्य नै ।
६. आणविक ऊर्जासँग नडराउनुहोस्, किनकी ति अस्त्रले समयलाई रोक्न सक्दैनन् ।
७. यदि युद्ध गरेर शान्ति जित्न सकिन्छ भने त्यो उत्तम कुरा हो ।
८. जुन कुराले तिमीलाई खुसी बनाउँछ, सो कुरा कहिल्यै गलत हुन सक्दैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार