प्रतिकूलताबीच नेपाली महिलाको जीवन

पुरातन युगदेखि नारीलाई देवी मानिँदै आइएको छ । यो सृष्टिको सुरुवात नै नारीबाट भएको कुरा नकार्न सकिँदैन । नारी एक माया जाल हो, एकातर्फ नारी अर्कोतर्फ सम्पूर्ण सृष्टिको मायाजाल भन्यो भने जहिले नारीतिर नै औँला तेर्सिन्छ । हिन्दु धर्मशास्त्रअनुसार पनि नारी बारेमा अनेकौँ व्याख्या गरिएको छ । जस्तै “त्रिया चरित्रं,पुरुषस्य भाग्यम, देवौ ना जानाति कुुतो मनुष्यः” भनाइको तात्पर्य एउटा नारीको चाल र चरित्रको बारेमा अहिलेसम्म भगवान पनि भेउ पाउन सकेका छैन् । सामान्य पुुरुषले के अडकल काट्न सक्छ त ! नारीलाई लक्ष्मण रेखा भनिन्छ । किनकी त्रेता युगमा कोरेको रेखालाई माता सीताबाहेक कोही थिएन जो त्यो रेखा पार गर्न सकोस् । अर्थात नारीले चाहयो भने जस्तो परिर्वतन पनि गराउन सक्छिन् । घरदेखि लिएर राष्ट्र लगायत विश्वसम्म ! 

हाम्रो देशमा आजसम्म महिलाहरूले प्रतिकूलताबीच जीवन बाँचेका छन् । कहिलेकाहीँ प्रतिकूलताबीच उन्नति भएको उदाहरण हेर्न मिल्छ । यस्तै एउटा उदाहरण हो, इग्ल्याण्डको सुुप्रसिद्ध नाटककार विलियम सेक्सपियर । सानै उमेरमा आर्थिक समस्या कमजोर भएका कारण काम र मामको खोजीमा इग्ल्याण्ड जानु भयो र रङ्गशालामा काम गर्दागर्दै नाटक लेख्न थाले पछि विश्वकै महान दुखान्त नाटककारको रूपमा चिनिुभयो । यस्ता कति उदाहरण छन् जो प्रतिकूलताबाट अनुकुलतामा परिणत भएको छ । त्यसकारण अब समय आइसके छ देशको लागि केही गर्ने ।

वर्तमान समय २१ औँ शताब्दीमा हेर्ने हो भने हरेक घरमा महिलाको वर्चस्व बढी रहेको छ । बाहिर समाज पुरुष प्रधान लागे पनि भित्रबाट नारीको फरिया चियाउने हाम्रो खोक्रो समाज हो । आफ्नो घरमा स्याउति मार्दै हिँड्ने बिरालो बाहिर सिंहको खोल ओढेर सिंहको नाटक गर्ने युग पुरुषहरू कहलाएका छन् । हाम्रो देशको जसको हालत हो त्यको अधिकांश जिम्मेवार महिलाहरू रहेका छन् । महिलाहरू जुन अधिकार र वर्चस्व बुढामाथि आफ्नो घरभित्र राखेको छ त्यो सिमित नराखी त्यसलाई घर बाहिरको व्यवहारमा पनि उतारुन् भन्ने कुरामा कहिल्यै ध्यान पुु¥याएन । हामी नेपाली महिला कस्ता छौँ भने, अरूको श्रीमान, छोरा गल्ती गरे हाई हाई छिः छिः र आफ्नो श्रीमान, छोरा ग¥यो भने वाह ! वाह ! र कुरा लुकाउने प्रवृति छ । यस्ता एक अर्काको व्यवहारले देशमा रुढीवादी बलात्कार, दुर्व्यवहार, भ्रष्टचार जस्ता अनेकौँ विकृति फैलिएको छ ।

एउटा अर्को घटना हो जसबाट म पटक पटक ग्रसित भएकी छु । म स्नातकोत्तर अध्ययनको क्रममा हेटौँडा कलेजमा कयौँ पटक नेपाली हुनुको प्रमाण दिनुपरेको छ । तिमी त भारतीय! कसरी नागरिकता लियौ ? यहाँसम्म कसरी आयौ ? यी प्रश्नको शिकार म लगायत जस्ता हजारौँ मधेशी भोग्दै आएका छौँ । पुस्तौँदेखि भारतीय भनेर हेपिएको, भारतीयसँग अनुहार मिल्ने भए हामी भारतीय हो भने तिमीहरू को हौँ ? मधेशीलाई बिहारी भन्नेहरू त्यसो भए त तिमीहरू त सिधैँ चाइनीज भयौँ । किनकी तिमीहरूको अनुहार चेप्टो, चम्सिो आँखा भएकाहरू नेपाली कसरी भयौँ ? यो कस्तो दोहोरो कुरा ? यस्ता नीच सोच र देशद्रोही कुराबाट माथि उठौँ र देशको विकास उन्नतिको कुरा गरौँ । 

नेपाली महिलाहरूलाई मात्र पैसा चाहियो, रु १ लाख बीस हजारको आईफोन, २५ हजारको सारी, १ लाखको सुुनपोतो लाएर पनि सोचेझैं जिन्दगी रैनछ, गीत घन्काउँदै हिँडेको हुन्छ ! त्यति खर्च बुढाले दिएको छ, एता बुढी घरमा मख्ख परेर छरछिमेकमा चहलपहल जमाउँछ । तर त्यति पैसा श्रीमान कहाँबाट ल्यायो ? कसरी जोड्यो ? कुनै सोध खोज छैन, आफ्नो खुनपसिना सुकाएर ल्यायो की अरूको खुन बहाएर ल्यायो, की जल्दो चिम्नीमा गरिबलाई पोलेर ल्यायो कि कोही गरिब नेपाली चेलीलाई वेश्यालयमा बेचेर, की नेपाल आमालाई नैै नङ्ग्याएर, की १७ हजार निर्दोष नेपाली मारेर ल्याएको यो कुराको कुनै न मतलब छ न लेखाजोखा । हामी नेपाली, हामी नेपाली, हाम्रो देश नेपाल, हाम्रो मातृभूमि नेपाल, प्यारो नेपाल, सुन्दर नेपाल, देखाउने र झुठो नारा लगाएको हुन्छ । तर आफ्नै बुढाले नेपाललाई बेचेको छ, नङ्ग्याएको छ, अरू विदेशी दलालको हातमा केही कागजका नोटसँग साटेको छ ।

कहिले एमसिसिको नाममा, कर्णाली, कोसी, कहिले सन्धिको नाममा कहिले भारतसँग त कहिले चीनसँग बेचेकोे छ । यस्ता घटनाका बेला कहाँ हुन्छ राष्ट्रप्रेम, कहाँ हुन्छ, नेपालीपनको भावना कहाँ हुन्छ ? नेपाली स्वर ? नेपाल बेचेर अधिकांश सत्ताधारीहरूले बुढी र छोरीलाई रवाफ देखाएको छ । नेपाल आमालाई नङ्ग्याएर आफू रेसमी, सिल्की फरिया लगाएर देशभक्तिको नाटक गर्ने ती स्वर्गकी परीहरूसँग, ती नेपाली भन्ने मुखौटाधारी नारीहरूसँग मेरो प्रश्न छ, जब तिमीहरूको श्रीमान नेपाललाई विदेशी दलालसँग साटेर महलमा गलैँचामा बसाउँछ । के त्यो बेला एक पटक पनि सोच्छौ तिमीहरू ? ३० हजार, ४० हजारको जागिर भएको कर्मचारीहरू कसरी वर्षेपिच्छे सहरमा घर, गाडी, नोकरचाकर जोड्न पुग्छ । ढिढो र सिस्नु खाने फाइफ स्टार होटेलको सुखसुविधा र अमेरिका पेरिसको डिनर हुन्छ ? कसरी आईहाल्छ यति परिर्वतन ? लाज हुनु पर्छ एक मुखले नेपाली भनेको हुन्छ र अर्को हातले नेपाललाई लुच्छेको हुन्छ । यता जनतालाई मार्ने, हक नदिने तर आफूचाँहि सत्ताधारी भएर खुब लुट मचाउने, राष्ट्रभक्तको नाममा आफ्नो खल्ती भर्ने ! यहि हो नेपालीपन र देशभक्ति ? आफू एक महिला भएर अर्को मातातुल्य राष्ट्रमातालाई लुट्ने विदेशीको हातमा बेच्ने, विदेशी डलरसँग साटने ! ठिकै भन्छ एउटा महिलाको दुश्मन अर्को महिला नै हुुन्छ । यहाँ नेपाली महिला र नेपाल राष्ट्रलाई हेर्दा पुर्खाले भनेका कुुरा सत्य भएका छ । आफ्ना सुख र भोग विलासमा आफ्ना राष्ट्रमातालाई नै नेपाली महिलाले नै सखाप पार्ने भएको छ । एउटा महिलाको इज्जत उतारेर अर्की महिला प्रतिष्ठत र सम्मानित भएकी छ । वाह ! रे हाम्रो नेपाल र नेपाली महिला । त्यो हरेक महिलासँग मेरो प्रश्न छ, एक चोटि आफूभित्र र आफूलाई तलदेखि माथिसम्म निहार, कति निर्दोष जनताको खुुनबाट लतपतिएको छ तिम्रो जिउ । नेपालको रगतले पोतिएको छ । तिम्रो जिउ कति पाप बोकेपछि पवित्र बनी पशुपतिनाथको सामु भक्त बनी शिर झुकाउछौँ । दुर्भाग्य छ महिला भएकोमा र नेपाली भएकोमा ।

एउटा प्रश्नको उत्तर जान्ने मेरो ठूलो जिज्ञासा छ नेपाली महिलाहरूसँग, छिमेकी राष्ट्र भारत मित्रराष्ट्र हुँदाहुँदै पनि दुश्मन भन्ने गरेका हुन्छ । जुन देशबाट बेटी, संस्कृति, लगायत हजारौँ नेपालीको रोजगारीदेखि भान्सा चलेको छ, त्यो राष्ट्रसँग दुश्मनी, घृणा, गाली, यहाँसम्म की भारत सिमाना क्षेत्रका जनतासँग पनि घृणा र गाली, आतङ्कवादीसम्म भन्ने, झन मधेशीलाई त हेर्न नसक्ने । मधेशीलाई भारतीय, बिहारी, भैया, गवार मान्ने तर त्यही भारतसँग भित्र–भित्र वा देखाएरै अनुदानको नाममा, सहयोगका नाममा, भूकम्पको नाममा, बाढीको नाममा जस्ता अनेकौ कारण देखाएर आफ्नो पेट र बैंकमा पैसा खन्याएको हुुन्छ । यो कस्तो नाटक ! बाहिर मुखमा गाली भित्र चाहिँ वाह ! वाह ! ताली । त्यही भारतको अनुदान लिएर आफ्नो बैंकदेखि भान्सासम्म तताएको तर बाहिर गाली गर्दै हिँडने । यो कस्तो राष्ट्रियता र देशभक्ति हो ? बुढा भारतको चम्चागीरी गरी करोडौँ घरमा भित्र्याउने, बाहिर महिलाहरू घोक्रो राष्ट्रियताको बाजा बजाउने । अब यो नाटक बन्द गर । असल नेपाली नागरिक बनौँ । आफ्नो राष्ट्रलाई मुख देखाउने बनौँ । काम यस्तो गरौँ कि आउने सन्तति गर्व गरोस् । लेखिका समसामयिक विषयमा कलम चलाउने हस्ताक्षर हुन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मौसमी कुमारी कुशवाहा

लेखकबाट थप...