हाँ नारीको पुुजा गरिन्छ त्यहाँ देवताको बास हुुन्छ । एउटा पुुरूष शिक्षित भयो भने एउटा व्यक्ति शिक्षित हुुन्छ तर एउटा महिला शिक्षित भयो भने सिङ्गो पिँढी नै शिक्षित हुुन पुग्छ । इतिहास साक्षी छ, हरेक सफल व्यक्तिको पछाडि एउटा महिलाको हात हुुन्छ । अरूको कुरा के गरौँ आज जुन मेरो अस्तित्व छ जुन ठाउँमा म पुगेको छु त्यो सम्पूर्ण मेरी ममताकी सागर करूणामयी आमाकै देन हो । तसर्थ एउटा महिला परिवारको, समाजको र सिङ्गो राष्ट्रकै अपरिहार्य पाटोको रूपमा रहेको हुुन्छ ।

बिडम्बना विश्वका कतिपय ठाउँमा अहिले पनि महिलालाई सामाजिक र पारिवारिक दृष्टिले अभिशापको रूपमा हेर्दछन् । यस्तो पुुरूषप्रधान देशको समाजको नाकारात्मक र हिनतापूर्ण सोच रहेछ कि पुरूषको तुुलनामा महिला शक्तिशाली हुँदैन । महिलालाई शक्ति, पूर्ण अधिकार र स्वतन्त्रता दिइयो भने पुरूषको आधिपत्यमाथि खतरा आउन सक्छ । 
जन्मसँगै हरेक जीव आन्तरिक शक्ति लिएर जन्मन्छन् तर त्यो आन्तरिक शक्तिलाई पारिवारिक वातावरणले प्रभाव पार्दछ । हाम्रै समाजमा कतिपय महिलाको आन्तरिक शक्ति पारिवारिक डर, सङ्कीर्ण सोचले दबिन पुग्छ । यस्ता समस्या हुँदाहुँदै पनि शिक्षाको प्रकाश जसमाथि पर्‍याे त्यो बीजरूपी महिला उम्रन पुग्छ । यदि शिक्षाको प्रकाश महिलासम्म पुग्यो भने हरेक महिला आत्मनिर्भर र स्वावलम्बी भई प्रज्वलित हुुनेछ । हरेक दिन सयौं निर्दोष कन्याको भ्रूण हत्या हुने छैन ।

सामाजमा महिला हिंसा, हत्या, शोेषण, बलात्कार, मानसिक द्वन्द्व, दुुःख, पीडासम्मका समस्यामा न्यूनीकरण हुुनसक्छ । सदियौँदेखि चल्दै आएको दाइजो प्रथा, घुँघटो प्रथा, छाउपडी प्रथा, देवकी प्रथा, विधवा प्रथा जस्ता अन्धविश्वासले गर्दा हरेक महिलाको अस्तित्व बल्झिएको छ । हाम्रो पुरूषप्रधान देशमा निर्दोष महिलाको स्वच्छ भावनासँग, उनीहरूको निरीह आँखाले देखेको सपना, रगतको एक–एक थोपा, अस्तित्व, स्वभिमान र आत्मसम्मानसँग हामी थोपारिएको प्रथा मनाउने गरेका छौँ । महिलाका यी सम्पूर्ण नाद बिनाको रूदन, कथा–व्याथा र पीडालाई मात्र शिक्षाकै शङ्खनादले गुञ्जायमान गराउन सकिन्छ ।

तराई भेगका समाजमा व्यापत दाइजो प्रथा एक कुुप्रथा क्यान्सर जस्तै चर्किएको घाउ हो । यसको प्रभाव कम हुनुुका सट्टा दिन प्रतिदिन यसको स्वरूप झन् बल्झिँदै गएको छ । पहिला बाजी समाजसम्म सीमित रहेपनि वर्तमान समयमा मुस्लिम, पहाडीलगायत थारू समाजसम्म सल्किँदै गएको छ । तसर्थ यो कुुप्रथाबाट बिकृत समाजलाई प्रभावमुुक्त गर्न आमाबुुबालाई कन्यादान नगरि शिक्षादान गर्ने उद्देश्यका साथै आफ्नो कर्तव्य सम्झिनुु पर्दछ । साथै शिक्षाको माध्यमले नै बेटी बचाउ, बेटी पढाउ, बेटीलाई आत्मनिर्भर बनाउ भन्ने नाराका साथ अघि बढ्नुु पर्दछ ।

विसं २०७२ को जनगनणाअनुुसार पुुरूष ७५ प्रतिशत शिक्षित भएपनि महिला जम्मा ३५ प्रतिशत तथ्याङ्क देखियो । दिएको तथ्याङ्कलाई मध्ये नजर गर्ने हो भने पुुरूषको तुुलनामा महिला ५० प्रतिशत नै शिक्षित देखियो । विसं २०७२ का संविधान अनुसार महिलालाई शत प्रतिशतमध्ये कानूनी रूपमा जम्मा ३३ प्रतिशत अधिकार दिएको भएपनि हम्रो पुरूषप्रधान समाजमा महिला अधिकार नाममै सीमित रहेको छ ।

जबसम्म महिला शिक्षित हुँदैनन् तबसम्म महिला कमजोर नै रहन्छन् । हाम्रो आँखा अगाडिको हृदयविदारक घटना हो एउटा निर्दोष बालिका निर्मलाको बलात्कार गरी निर्मम विभत्स हत्या भएको देखियो । तर, दुुःखको कुरा अहिलेसम्म न्याय पाउन सकेन । यस्तो समाजमा त्यो शिक्षाको त्यो पुरूषत्वको के अर्थ ? आज पनि शिक्षाका अभावमा पहाडभन्दा तराईका महिलाहरू किल्चिएकै छन् ।

विशेषगरी तराई मूलमा प्रेमलाई स्वतन्त्र रूपमा स्विकार नगर्ने भएको कारण मधेशका छोरीहरू अहिले पनि शिक्षाबाट बञ्चित रहेका छन् । जातपातको भेदभावले गर्दा, अर्को जातसँग छोरी प्रेम गर्‍याे भने आमाबुुबाको इज्जत, मानसम्मान माटोमा मिसिन्छ, नाक काटिन्छ भन्ने सङ्कीर्ण सोचले गर्दा घर बाहिर शिक्षा प्राप्तिका लागि पनि बन्देज लगाइएको छ । 
यी सम्पूूर्ण समस्याको निवारण जबसम्म महिला शिक्षित हुँदैनन् तबसम्म परिवर्तन हुुँदैन । एक समयमै एउटा महिला विभिन्न भूमिका निर्वाह गरेकी हुुन्छिन् । एउटै महिला आमा बनी छोराछोरीलाई शिक्षित बनाउँछिन् । दिदी बनी भाइबहिनीको मार्गदर्शक बन्छिन् । बुहारी बनी सासुससुराको सहारा बन्छिन् । श्रीमती बनी श्रीमान्को काँधमा काँध मिलाएर हिँड्छिन् । एउटा प्रगतिशील घर, समाज, राष्ट्र हुुनका लागि महिला शिक्षा एक अनिवार्य पाटोको रूपमा रहेको हुुन्छ ।

यदि हामी सुुनौला भविष्य चाहिरहेका छौँ भने महिला शिक्षामा जोड दिनुु पर्दछ । भर्खर जन्मेका शिशुुलाई कुुन समयमा खाना, कति पोषण, कस्तो वाणी व्यवहार, कस्तो शिक्षा दिइने सम्पूर्ण कुराको ध्यान महिलालाई नै हुन्छ । यदि कुनै बच्चाको वर्तमान उज्यालो भएन भने भविष्य अन्धयारो हुन पुुग्छ । 

एउटा घरबाट समाज, समाजबाट राष्ट्र बन्छ यदि घर नै शिक्षित भएन भने न समाज न राष्ट्र शिक्षित हुुन्छ । अशिक्षाको कारण विभिन्न किसिमका विकृति विसङ्गतिको जरो बन्न पुुग्छ र त्यसको असर सिङ्गो परिवार, समाज हुँदै राष्ट्रसम्म पर्छ । महिला र पुुरूष एक रथका दुई पाङ्ग्रा हुन्छन् । एउटा पाङ्ग्रा भएन भने त्यो रथ लङ्गडो जस्तै हो । जुन समाजमा महिला शिक्षित छैन त्यो समाज पनि लङ्डो नै हो ।

तसर्थ एउटा महिला शिक्षित भयो भने सिङ्गो परिवार, समाज हुँदै राष्ट्रलाई परिवर्तनको मार्गमा लम्काउन सकिन्छ । विश्वको विकसित राष्ट्रहरूलाई पनि मध्यनजर गर्ने हो भने पुरूषको तुलनामा महिलाहरू पनि शिक्षामा अगाडि रहेको देखिन्छन् । कदममा कदम मिलाएर हिंडेका छन्, काँधमा काँध मिलाएर उभेका छन् । 

केही समयअघि मेरीकाकी  वैज्ञानिक क्रीस्टिनाले आन्तरिक्षको सबभन्दा लामो यात्री बनी इतिहास बदलेकी छिन् । विदेशीबाट पनि केही सिकेर हामी परिवर्तनको मार्गमा हिंडौँ । आफ्नो राष्ट्रलाई विश्व अगाडि चिनाउनु छ भने महिलालाई अभिशापको रूपमा नहेरि वरदानको रूपमा हेरौँ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मौसमी कुमारी कुशवाहा

लेखकबाट थप...