काठमाडाैँ - बाजुरा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बडीमालिका जाने पूर्वतयारी थियो । दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँड्डुल पनि बन्द भयो । बडीमालिका जाने रहर यत्तिकै तुहिएला जस्तो लाग्न थाल्यो । साउन दोस्रो साता काठमाडौं गएका बेला जचाउँदा डाक्टरले ढाडको नसा च्यापिएको बताए । केही औषधि र थेरापी सकेर फर्किएँ ।

हरेक वर्ष बाजुराका प्रमुख जिल्ला अधिकारीहरू बडीमालिका जाने गरेको कार्यालयका साथीहरूबाट थाहा पाएको थिएँ । अब आफ्नो पालो थियो, जाउँ कि नजाउँ रु द्विविधामा परें । ‘थला परिन्छ होला । जबर्जस्ती गरेर चाहिँ नजानू नि’, श्रीमतीजीको अनुरागपूर्ण सल्लाह आयो । जिल्लामा जोसँग भेट हुँदा पनि ‘कहिले हिँड्ने सर रु भन्न थालेका थिए । म नजाने कुरा कसैले सोचेकै बुझिदैनथ्यो । विचार गरें– म नजाँदैमा हुन त केही हुँदैन । आफूले नसकेको खण्डमा विकल्प पक्कै हुनुपर्छ ।
अर्को मनले भन्यो, म नजाउँला ।

जिल्लामा पहिरोको कारण करिब दुई महिनादेखि सडक यातायात अवरुद्ध भइरहेको थियो । टेलिफोनको नेटवर्क कमजोर थियो । विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भइरहेको थिएन । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको कमजोर ताकेताका कारण ठेकेदारबाट समयमै चामल ढुवानी भइरहेको थिएन र जिल्लामा मोटा चामलको समेत अभाव हुन लागेको थियो ।

जिल्लामा कुनै प्राकृतिक विपत्ति वा अन्य ठूलो दुर्घटना भयो भने ‘प्रजिअले परम्परा तोडेकाले माता रिसाइन् भन्ने आरोप लाग्ला मलाई । सम्झें, डाक्टरले हिँड्नै नहुने त भनेका छैनन् नि । निहुरिन पो हुन्न भनेको त । जाने संकल्प गरें र तयारीमा जुटें । 

समुद्र सतहबाट करिब ४२१५ मिटर उचाइमा रहेको प्रसिद्ध बडीमालिका माताको मन्दिर बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्छ । गंगादशहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक यहाँ विशेष पूजाआजा हुन्छ ।

बडीमालिकामा अधिकांश समय हिउँ पर्ने भएकाले माताको मुख्य मूर्ति त्रिवेणी नगरपालिका–९ पैमास्थित मालिका मन्दिरमा राखेर नित्यपूजा गरिँदो रहेछ । जनैपूर्णिमामा भने मूर्ति बडीमालिकामै लैजाने प्रचलन छ । दुईपटकको पूजामध्ये गंगादशहरा अर्थात् जेष्ठ शुक्ल दशमीमा नेपाली सेनाले पूजा आराधना गर्ने चलन छ, जुन पूजामा सर्वसाधारण भेला हुने परम्परा छैन ।

जनैपूर्णिमाको अघिल्लो दिनको पूजामा देशका विभिन्न भाग र भारतबाट समेत तीर्थालु जान्छन् । यो समयमा डोटी, जुम्ला र बाजुराबाट सरकारी टोली जानुपर्ने प्रचलन छ । डोटी जिल्ला प्रशासन कार्यालयबाट जाने टोलीले गोरखनाथको मन्दिरबाट तथा जुम्ला जिल्ला प्रशासन कार्यालयको टोलीले चन्दननाथको मन्दिरबाट विशेष पूजा सामग्री लिएर जानुपर्ने रहेछ । बाजुरा जिल्ला प्रशासन कार्यालयबाट विशेष केही लिएर जानु पर्दैन । तैपनि बडीमालिकामा हुने पूजाको अघिल्लो दिन कालीकोट र बाजुराको सिमानामा पर्ने त्रिवेणीधाममा हुने पूजा तथा बडीमालिकामा हुने पूजामा समेत विशेष भूमिका निर्वाह गर्नुपर्ने रहेछ ।

यसपालि जनैपूर्णिमा ६ भदौमा थियो । हामी २ भदौमै हिँड्ने तय भयो । हुन त त्यहाँ विभिन्न मार्ग भएर जान सकिन्छ । हामी मार्तडीमा भएकाले उक्त दिन हिँड्नु परेको हो । सुरक्षा निकायको बैठकमा छलफल हुँदा म र जिल्ला प्रहरी प्रमुख (डिएसपी) मदनजित महरा जाने निश्चित भयो । सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली साथमा ।

बीबीसी नेपाली सेवाकी पत्रकार विनिता दाहालले सम्पर्क गरेर सँगै जाने इच्छा जाहेर गरिन् । यसो विचार गरें, बीबीसीको पत्रकारले बडीमालिकाको बारेमा मात्र हैन, समग्र जिल्लाका समस्याबारे प्रचार–प्रसार गर्न सक्छिन् ।

जिल्लामा पहिरोको कारण करिब दुई महिनादेखि सडक यातायात अवरुद्ध भइरहेको थियो । टेलिफोनको नेटवर्क कमजोर थियो । विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भइरहेको थिएन । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको कमजोर ताकेताका कारण ठेकेदारबाट समयमै चामल ढुवानी भइरहेको थिएन र जिल्लामा मोटा चामलको समेत अभाव हुन लागेको थियो ।

बीबीसीका पत्रकारले यो सबै उल्लेख गरेर यात्रा संस्मरण प्रसारण गरिदिए जिल्लालाई लाभै हुन्थ्यो भन्ने लाग्यो । फेरि काठमाडौंकी महिला भन्दैमा हिँड्न नसक्ने भन्ने पनि त नहोला भन्नेसमेत सम्झेर गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट आउन लागेको मित्र उद्धव रिजालको टिमसँग उनको सम्पर्क गराइदिए ।

२ भदौ बिहान सदरमुकामबाट हिँड्यौ हामी । म र डिएसपी सा’बको टोली (सातजना) लगभग सबैभन्दा पछाडि प्रस्थान गर्‍याे । यात्रा आरम्भ गर्नेवित्तिकै घरैपिच्छे आँगनमा थालमा भगवानका फोटा राखेर नानीहरू उभिएका थिए । पैसा चढाउनुपर्दो रहेछ ।

ठाउँठाउँमा असाध्यै अप्ठेरो बाटो । अलिकति चिप्लियो भने चिनोबानो नभेटिने भिर । केही ठाउँमा अप्ठ्यारो भए पनि यात्रा छोटो रहेछ । करिब ११ किलोमिटर मात्र हिँडेपछि पुगियो बडीमालिका माताको मन्दिर । मनको धोको पूरा भो ।

पूर्वजानकारी र तयारी थिएन । डिएसपी सा’ब र मैले पालैपालो एउटामा एक रुपैयाँको ढ्याक र अर्कोमा पाँच रुपैयाँ  (कतैकतै दश पनि) को नोट राख्दै गयौं । पाँच रुपैयाँ राखेको ठाउँमा नानीहरूको मुहारमा चमक देखिन्थ्यो । एक रुपैयाँ राख्दा अँध्यारो । अनि मैले त्यो बालापान सम्झें । केटाकेटी हँुदा ‘देउसी खेल्न आएको हामी’ भन्दै सारा गाउँ डुलेको सम्झें । थोरै दक्षिणा दिनेलाई आशीषसम्म नदिई हिँडेको सम्झें ।

‘पहिलै थाहा भएको भए हजार–पन्ध्र सय जति पाँच–पाँचका नोट साटेर बोक्नुहुन्थ्यो’, मैले भने, ‘हरेकलाई कम्तीमा ६ रुपैयाँ सुनिश्चित गरिदिँदै डिएसपी सा’बले मुन्टो हल्लाएर हाँ मा हाँ मिलाए । पहिलो दिनको यात्रामा निकै कठिन उकालो रहेछ । करिब २१ किलोमिटर हिँडेपछि बास बस्ने ठाउँ ‘सोता’ पुगियो । हामी अन्य सबै यात्रुभन्दा चाँडो त्यहाँ पुग्यौं । यहाँ दुई-तीनवटा गोठघर रहेछन् । हिउँदमा भैंसीबाख्रा गोठ लिएर आउने गाउँलेहरूले आफूलाई बस्न बनाएका घरहरू । पूर्वी पहाडमा लेकमा भैंसीपालेको थाहा थिएन मलाई । बाजुरामा लेकमा भैंसी नै पालिँदो रहेछ ।

बलबहादुर भाइ हाम्रो कार्यालयको स्टाफ अघिल्लो दिन नै सोता आइसकेका थिए, बास बस्ने र खीर खुवाउने व्यवस्था गर्न । उनले विगतकै जस्तो १५÷१६ जना होलान् भन्ने ठानेका रहेछन् । हामी सबै गरेर ४० भन्दा बढी थियौं । उपलब्ध जति दूध थियो सबैको खीर पाक्यो । अघाउँजी खाए १५–१६ लाई पनि पुग्नेवाला थिएन । मैले प्रतिव्यक्ति एक पन्यूको नियम बनाइदिएँ । धेरैलाई पुग्यो । नपुग्नेले र नअघाउनेले त्यहाँ पाकेको गहुँको रोटी पनि खाए । कतिपयले आफैंसँग भएको खानेकुरा ।

बलबहादुर भाइले हामीलाई त्यो गोठघरमै बस्ने प्रबन्ध मिलाएका रहेछन् । पानी परिरहेको थियो । रात परिसकेको थियो । यात्रु आउने क्रम जारी थियो । गोठघरमा आउनेले एकछिन भए पनि आगो ताप्न पाउँथे । हामी त्यहाँ नसुते अरु धेरैले सुत्न पाउने देखेर हामी टेन्टमा नै बस्ने भयौं । राति त झन् ठूलो पानी दर्कियो । धेरै साथीका टेन्ट चुहियो । बिहान अँध्यारै नउठे शौच गर्न सम्भव हुँदैनथ्यो । बिहानको झिसमिसे नहुँदै सबैको शौचकर्म सिद्धियो । सबै गरेर करिब दुई सयजना जति त्यो रात त्यहाँ बस्यौं ।

भोलिपल्ट फेरि उकालो यात्रा सुरु भयो । केही घन्टा हिँडेपछि भेटिन थाले विशाल पाटनहरू । भेंडाका बथानहरू । दौडिरहेका घोडाहरू । रंगीविरंगी फूलहरू । यतिञ्जेलको थकान हरायो, सबैका शरीरबाट । यात्रा गर्न पाएकोमा धन्य ठान्दै थाले, विभिन्न पोजमा फोटाहरू खिच्न । अघिल्लो साँझ सोता पुग्नै लाग्दा भेटिएको सानो पाटनलाई ‘यही रहेछ स्वर्ग’ भन्दै फोटा खिचेर रात पार्नेहरू चुकचुकाउँदै भन्न थाले, ‘हिजो व्यर्थमा खिचिएछ ।’

अघिल्लो दिन गन्तव्यमा पुग्न हतारिएर फोटो खिच्न नपाउँदा के के न गुमेको ठानेर निराश भएकाहरू मख्ख देखिन्थे । दोस्रो दिनको यात्रामा पनि हामी सबैभन्दा अगाडि नै थियौं । कारण हामी अरुभन्दा चाँडो हिँड्दा रहेछौं । हामी दुईजना जिल्लाकै प्रमुख व्यक्ति भएकाले बास बस्ने ठाउँमा समयमै पुगेर बस्तुस्थिति जानकारी लिनुपर्ने दायित्वले पनि होला सायद ।

सोताबाट १७ किलोमिटर हिँडेपछि त्रिवेणीधाम पुगियो । १२ नबज्दै पुग्यो हाम्रो टोली । पुग्नासाथ दर्केको पानीले रसिलो स्वागत गर्‍याे । टेन्ट गाड्ने स्थान पर्याप्त थियो । एकछिन घुम्यौ । खानलाई सोतामाजस्तो दुःख रहेनछ । केही संख्यामा अस्थायी होटल थिए । पकाउने मान्छेको सरसफाइ र भाँडाकुँडा धुने स्थान नहेरी खाने सल्लाह गरियो । अनि गहुँको रोटी र मटरचनाको झोल मजाले खाएर बेलैमा टेन्टमा छिरियो ।

तेस्रो दिन बिहान पनि खुला आकाशमुनि शौच गर्नुपर्ने थियो । त्यसै गरियो पनि । बिहान पानी परिरहेको थियो । त्रिवेणीमा गएर नुहाईधुवाई गरेपछि पूजाको तयारी सुरु भयो । यहाँ डोटी र जुम्लाका पुजारीलाई मानिसले काँधमा बोकेर त्रिवेणीमा ल्याएपछि पूजा हुँदोरहेछ ।

जुम्लाबाट ल्याएको चन्दननाथको छत्र कालीकोटेहरूले खोसेर लैजाने र त्यो पूजाका लागि फिर्ता ल्याउने क्रममा कुटाकुटसमेत हुने गरेको प्रचलन थाहा पाइयो । सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएकाले खासै ठूलो मारपिट हुन पाएन । त्रिवेणी बाजुरा र कालीकोटको सिमानामा भए पनि कालीकोटको मानव बस्तीबाट नजिक भएकाले यहाँ कालीकोटेहरूको संख्या उल्लेख्य हुँदो रहेछ । यहाँ प्रायः होटल पनि कालीकोटेकै थिए ।

जे होस्, बडीमालिका हिन्दु धर्मावलम्बीका लागि त एकपटक पुग्नैपर्ने तीर्थस्थल हो नै, अन्य धर्ममा आस्था राख्नेहरूका लागि पनि यो यात्रा अत्यन्तै रोमाञ्चक हुनसक्छ । एकपटक नपुग्नेले यो रोमाञ्चक अनुभव गुमाउँछ, पुग्नेले यात्रा सम्झेर बाँचुञ्जेल आनन्द लिइरहन्छ ।

पूजा सकेपछि बडीमालिकातर्फ लागियो । यो यात्रामा पनि बाटामा रमणीय पाटन रहेछन् । ठाउँठाउँमा असाध्यै अप्ठेरो बाटो । अलिकति चिप्लियो भने चिनोबानो नभेटिने भिर । केही ठाउँमा अप्ठ्यारो भए पनि यात्रा छोटो रहेछ । करिब ११ किलोमिटर मात्र हिँडेपछि पुगियो बडीमालिका माताको मन्दिर । मनको धोको पूरा भो । यसपालि अनिवार्य गर्नुपर्ने नित्य तथा विशेष पूजाबाहेक अरू पूजा तथा भिडभाड नहुने सूचना प्रसारण गरिएको थियो । तैपनि विभिन्न मार्ग भएर आउने यात्रुको भिड लागिसकेको रहेछ । मुस्किलले टेन्ट गाड्यौं । दर्शनार्थी साँझ पनि माताको दर्शन गर्दा रहेछन् । लामा लाइन थिए । हामीले पनि दर्शन ग¥यौं । र, भोलिको कार्यक्रमबारे पुजारीबाट जानकारी लियौं ।

५ भदौ बिहान उठेर खुला आकाशमुनिको शौचकर्म सिध्यायौं र तल बासुधारा झरेर पञ्चस्नान गर्‍याैँ  । बिहानको राति १ बजेबाटै मन्दिरमा दर्शनार्थीको लाइन लाग्न थालेको थियो । अघिल्लो दिन दर्शन नगरेका प्रायः सबै र केही दोहो(याएर दर्शन इच्छा राख्नेहरू लाइनमा थिए । करिब ८ बजेतिर जुम्ला, डोटी र बाजुराका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले पूजा आराधना गर्नुपर्दो रहेछ । यसलाई सरकारी पूजा भनिँदो रहेछ । 

अघिल्लो साँझ दर्शन गरेका धेरैजसो भोलिपल्ट बिहानै फर्किसकेका थिए । ५ भदौमा दर्शन गर्नेहरू पनि अधिकांश फर्किरहेका थिए । केही भने तिलक लिन बसेका थिए । नौ जना ब्राह्म्ण र सरकारी टोलीसमेत संलग्न भई होम गरिएपछि तयार हुने तिलक लिन दर्शनार्थीको लुछाचुँडी हुँदोरहेछ । यसपटक त्यसलाई व्यवस्थित गर्ने सल्लाह गरिएको भए पनि पूरै गर्न सकिएन । अलिअलि खोसाखोस भइहाल्यो । होम तथा पूजा सकेपछि पुजारी वर्गसँग बिदावरी भएर सदरमुकाम फर्कने क्रममा हामी नाट्येश्वरीतर्फ लाग्यौं ।

बडीमालिका पूजाको भोलिपल्ट अर्थात् जनैपूणिमाको दिन त्रिवेणी नगरपालिकाकै नाट्येश्वरीस्थित कालीको मन्दिरमा बलि दिनुपर्दो रहेछ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट पहिलो बलि दिइएपछि धेरैले बलि दिँदा रहेछन् । बडीमालिकाबाट करिब साढे २२ किलोमिटर अधिकांश अप्ठ्यारो बाटो (प्रायः ओरालो कतैकतै विकट उकालो) हिँडेपछि साँझ नाट्येश्वरी पुगियो ।

हाम्रो बसाइको व्यवस्था सामुदायिक वनले बनाएको भवनमा गरिएको रहेछ । प्रहरी भाइहरूले पकाएको खाना खाएर सुतियो । खुसीको खबर त्यो दिन हिँडेपछि पहिलोपटक भात खान पाइएको थियो । राति बाहिर जान परेमा टेन्टमा जस्तो निस्कन र भित्र आउन अप्ठ्यारो थिएन । त्यहाँ सार्वजनिक शौचालय र नुहाउने धारा पनि भएकाले शौच तथा स्नानलाई धेरै सजिलो भयो ।

बिहान नाट्येश्वरीमा पूजाका साथै होमको शुभारम्भ पनि गरियो । केही समयपछि बलि प्रारम्भ भयो । मेलामा स्थानीयको भिडभाड भने निकै थियो । हामी भने खाना खाएर बाटो लाग्यौं । केही हिँडेपछि गाडी चढेर खोलासम्म जान पाइने रहेछ । खोलो तरेपछि साँफे मार्तडी सडक भेटिने र त्यहाँबाट आ–आफ्ना गन्तव्यतिर लाग्न पाइने भएकाले सबै उत्साहित भयौं । गाडी भेटिए पनि खोलासम्म गाडीमा जान र हिँडेर जान समय उति नै लाग्ने बुझियो । फेरि बाटो पनि धेरै अप्ठेरो भएकाले साथीहरूले गाडी चढ्ने रहर गर्नु भएन ।

मेरो भने ढाड तथा खुट्टा अचाक्ली दुखिरहेको थियो । मैले भने गाडी भेटिने ठाउँ पुगेपछि नहिँड्ने निधो गरें । गाडीमा भिड थियो । एकजना मित्रले खोलापारि चौकीमा छाडिदिने गरी मोटरसाइकल दिए । यात्राक्रममै भेटिएका कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतले मोटरसाइकल चलाए । बाटो गतिलो नभएकाले ठाउँ–ठाउँमा ओर्लेर हिँड्दै खोलापारिसम्म पुग्दा पैदल हिँडेका साथीहरू त अघि नै पुगिसकेका रहेछन् । त्यसपछि मार्तडी जानेजति अम्कोटको पहिरोमा हिँड्याैँ । पहिरोपारि गाडी आइरहेको रहेछ । चढेर एक घन्टामा पुग्यौं मार्तडी । यसरी पाँच दिनमा सम्पन्न भयो बडीमालिकाको रोमाञ्चक यात्रा ।

धार्मिक र पर्यटकीय दृष्टिले सुदूरपश्चिमकै एक प्रसिद्ध स्थल भएर पनि पूर्वाधारका दृष्टिले धेरै नै ओझेलमा परेको रहेछ बडीमालिका क्षेत्र । पर्यटन बोर्डमार्फत होला सायद केही ठाउँमा ढुंगा छापिएको भए पनि पर्याप्त छैन । अप्ठेरा बाटामा रेलिङ, त्रिवेणी र बडीमालिकामा केही शौचालयहरू, बडीमालिकामा पानी तथा धारा र बिजुली प्रबन्ध गर्नैपर्ने देखियो । त्रिवेणी र बडीमालिकामा सुरक्षा प्रबन्ध बढाउन जरुरी देखे । वर्षमा दुई दिन मात्र नभएर जेठदेखि भदौसम्म यात्रा सम्भव हुने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने देखिन्छ ।

जे होस्, बडीमालिका हिन्दु धर्मावलम्बीका लागि त एकपटक पुग्नैपर्ने तीर्थस्थल हो नै, अन्य धर्ममा आस्था राख्नेहरूका लागि पनि यो यात्रा अत्यन्तै रोमाञ्चक हुनसक्छ । एकपटक नपुग्नेले यो रोमाञ्चक अनुभव गुमाउँछ, पुग्नेले यात्रा सम्झेर बाँचुञ्जेल आनन्द लिइरहन्छ ।

द मार्जिन

लेखकबाट थप...