अंकल ज्याक ‘चोरिएका पुस्ता’ अन्तरगत पर्छन् । आदिबासी जनजातीलाई सरकारी नीति अनुसार नै परिवारबाट अलग्याइन्थ्यो । तिनलाई कुनै संघसंथा वा होस्टलतिर राखिन्थ्यो ताकी उनीहरुलाई जबरजस्ती अन्य गैर–आदिबासी जस्तो बनाउन सकियोस् । यो प्रक्रियाले तिनलाई परिवारबाट मात्रै विमुख बनाउँदैन थियो, तिनको भाषा र संस्कृतिबाट पनि अलग्याउँथ्यो । र, तिनको परम्पागत भूमिप्रतिको अपनत्व पनि खोसिदिन्थ्यो ।

-अली एम सि 
रेक रात अष्ट्रेलियामा एक लाख १६ हज्जारभन्दा बढी मानिससँग सुत्नको लागि छानो हुँदैन । तथ्याङ्कले भन्छ कि त्यसमा पनि अष्ट्रेलियाका आदिबासीको संख्या उल्लेख्य छ । मुलुकले ‘आवास विहिनताको अन्त्य’ भन्ने सप्ताह भर्खरै मनाएको छ । यसै सन्दर्भमा केही घरबारविहिनहरूको कथा हामी सुनाउँदै छौँ । 

‘अंकल’ ज्याकले आफ्नो दशकौँ लामो कलाकारिताको यात्रामा थुप्रै अवार्ड थापेका छन् । ७७ वर्षे ज्याकको लामो फुलेको दारी र कपाल अहिले ट्रेडमार्क जस्तो भइसकेको छ । 

७०को दशकदेखिनै आफ्नो गहिरो र रुखो आवाज बोकेर यी आदिवासी व्यक्ति सिनेमा, नाटक र टेलिभिजनका पर्दामा छाइरहेका छन् । पछिल्लो समय त यिनको जीवन र कर्म सबैको लागि ठूलो चासो र रुचिको विषय बनेको छ । २०१९मा उनलाई नेसनल इन्डिजिनियस आर्ट अवार्ड समारोहमा ‘लाइफ टाइम अवार्ड’बाट सम्मानित गरिएको थियो । 

तर, उनको वास्तविक जीवन पनि उनले रंगमञ्च र पर्दामा गरेका पटकथाभन्दा फरक छैन । कुनै दिन हेरोइनको अम्मलमा फसेका ड्रग्स एडिक्ट, तस्कर र कैदी ‘अंकल’ ज्याकले मेलबर्नको सडकमै सुतेर दशकौँ बिताएका थिए ।

‘मेलबर्नमा अन्तिम सार्वजनिक सवारी समातेर धनीहरूको इलाकामा छिर्दै चर्चको पछिल्तिरका सार्वजनिक शौचालय धाउन सजिलै हुन्थ्यो’  ‘अंकल’ ज्याक भन्छन् । ‘मेलबर्नमा मेरा प्रिय ठाउँहरू धेरैतिर छन् । जाडो समय छ भने म लन्ड्रीमा जान्थे र गुटमुटिन्थे, त्यहाँ छेउमा पानी तताउन हिटर सिस्टम हुन्थ्यो । र, मेरो लागि त्यो न्यानो ठाउँ थियो ।’ 

अंकल ज्याक ‘चोरिएका पुस्ता’ अन्तर्गत पर्छन् । आदिवासी जनजातीलाई सरकारी नीति अनुसार नै परिवारबाट अलग्याइन्थ्यो । तिनलाई कुनै संघसंस्था वा होस्टलतिर राखिन्थ्यो ता कि उनीहरूलाई जबरजस्ती अन्य गैर–आदिवासी जस्तो बनाउन सकियोस् । यो प्रक्रियाले तिनलाई परिवारबाट मात्रै विमुख बनाउँदैन थियो, तिनको भाषा र संस्कृतिबाट पनि अलग्याउँथ्यो । र, तिनको परम्पागत भूमिप्रतिको अपनत्व पनि खोसिदिन्थ्यो ।

यस्तो नीति सन् १८६९मै भिक्टोरियाबाट शुरू भएको थियो भने १९७०को दशकसम्म कायमै थियो । अष्ट्रेलियामा कम्तीमा तीन मध्ये एक आदिवासीलाई यसरी अलग्याइएको आंकलन छ । यसबाट भिक्टोरियाका आधा भन्दा बढी आदिवासी परिवार प्रताडित भएका थिए । 

ज्याक भिक्टोरियाको उत्तरी भेगमा पर्ने कुमेरागुञ्जा अबओरिजिनल मिसनमा जन्मिएका थिए । बच्चा हुँदा नै उनलाई आमाबाट छुट्याइएको थियो । उनलाई चारसय किलोमिटर भन्दा टाढाको मेलबर्न लगिएको थियो । अनि मेलबर्नकै काँठ ‘बक्स हिल’मा अवस्थित ‘साल्भेसन आर्मी ब्वाइज होम’मा पठाइएको थियो ।

उनलाई केही पनि पढाइएन, आफ्नो पुर्ख्याैली थलोको विषयमा पनि उनलाई अलि–अलि मात्रै थाहा छ । त्यसैले उनी आफ्नो परिवाबाट मात्रै होइन, अरू आदिवासी समूहबाट समेत अलग्गिन पुगे । त्यतिमात्रै होइन त्यो ब्वाइज होमका इन्चार्जहरूबाट सानैमा पटक–पटक यौन हिंसा भोगेको उनले बताउँदै आएका छन् । आज पनि उनी मनमा त्यसको प्रताडना र मनोवैज्ञानिक त्रास बोकेरै बाँचिरहेका छन् । 

त्यसपछि जब उनी १७ वर्षका भए, त्यतिबेला उनले पबमा केही आदिबासी मान्छेहरू भेटे । संयोगले उनीहरू आफन्त पर्दा रहेछन् । त्यसको अरू दुई वर्ष पछि उनको भेट आमासँग भयो । आमासँग उनी नाबालकमै छुट्टिएका थिए । 

हुन त उनी करियरको शुरूवातमै सफल कलाकार भइसकेका थिए । १९७१ मा उनले अष्ट्रेलियाको पहिलो आदिवासी रंगमञ्च खोलिसकेका थिए । तर, बालापनको प्रताडनाको मनोवैज्ञानिक असरकै कारण उनी रक्सी र हेरोइनको अम्मलमा फसे । यसले उनलाई घरबारबिहिन मात्रै बनाएन, जेलसम्मै पुर्यायो । 

‘मैले ड्रग्सकै कुलतका कारण घरबार गुमाएँ । म दिनमा १५–२० पटक ड्रग्सको सुई हान्थे’ उनी बताउँछन् । ‘रक्सी र हेरोइनले त्यो आश्रमघरको पीडालाई भुलाइदिन्थ्यो । त्यतिभएपछि मैले तितो विगत बिर्सन्थे । तर अहिले मैले यि सबैलाई जितेर धेरै पर आइसकेको छु’ उनी सुनाउँछन् । 

आदिवासी अष्ट्रेलियनहरू दश वर्ष छिटो मर्ने गर्छन्ः

बडाे अचम्म र विभेदपूर्णसँग सिङ्गो अष्ट्रेलिया र भिक्टोरिया प्रान्तमा घरविहीन आदिवासी अष्ट्रेलियनहरूको तथ्याङ्क देखिन्छ । तथ्याङ्क अनुसार २०१८–१९ मा प्रत्येक ५७ जनामध्ये एक भिक्टोरियनले सरकारबाट आवासको सहुलियत लिएका छन् । २०२० मा भिक्टोरियन अबओरिजिनल चाइल्ड केयर एजेन्सीले निकालेको रिपोर्ट अनुसार, भिक्टोरियामा मात्रै प्रत्येक ६ आदिजवासीमध्ये एक जनालाई आवास निर्माण सहुलियत चाहिन्छ ।

भिक्टोरियन अबओरिजिनल चाइल्ड केयर एजेन्सीका अनुसार, यदि आदिवासीकै अनुपातमा अरू पनि घरविहीन हुने हो भने भिक्टोरियामा मात्रै प्रत्येक दश लाखभन्दा बढीलाई आवास सहयोग चाहिन्छ । 

अष्ट्रेलियाको औपनिवेशिकरणले ठूलो सामाजिक विभेदको दरार पैदा गरेको छ । त्यहाँ अबओरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डरको संख्या जम्मा जनसंख्याको तीन प्रतिशत मात्रै छ । तर, घरविहिनहरुको कूल संख्याको २० प्रतिशत यिनै तीन प्रतिशत आदिवासीको छ । 

अष्ट्रेलियाको औपनिवेशिकरणले ठूलो सामाजिक विभेदको दरार पैदा गरेको छ । त्यहाँ अबओरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डरको संख्या जम्मा जनसंख्याको तीन प्रतिशत मात्रै छ । तर, घरविहीनहरूको कूल संख्याको २० प्रतिशत यिनै तीन प्रतिशत आदिवासीको छ । 

त्यसैगरी, सरदर आदिवासी अष्ट्रेलियनहरू त्यहाँका अन्य राष्ट्रियताका मानिस भन्दा १० वर्ष कलिलैमा मर्ने गरेका छन् । यो कम उमेरको मृत्युदरको प्रमुख कारण पनि विगतको विभेदकारी नीतिका कारण तिनले अहिलेसम्म पनि भोगिरहेको मनोवैज्ञानिक प्रताडना हो । 

नाग्वाला विलुङबोङ्ग – एक सुख्खा क्षेत्र:

‘घरको विषय सिधै स्वास्थ्यसँग जोडिन्छ’ नाग्वाला विलुङबोङ्गका ‘होमलेसनेस सर्भिस’का सिइओ करिन क्रुक भन्छिन् । ‘हामीलाई थाहा छ कि यी सबै सामाजिक सरोकारका विषय आवासको सुरक्षासँग गएर ठोकिन्छन् । त्यसमाथि फेरि तपाईंलाई औपनिवेश बनाइएको छ, तपाईंको मुलुक खोसिएको छ, सांस्कृतिक पहिचान नामेट पारिएको छ, पुस्तौँपुस्तालाई प्रताडना लादिएको छ । पीडा र वेदना छ, सबै सकिएको छ, भाषा खोसिएको छ । अबओरिजिनलको लागि सबै अन्धकार छ’ करिन प्रष्ट पार्छिन् । 

‘नाग्वाला विलुङबोङ्ग’को अर्थ हुन्छ स्थानीय ‘पित्जान्तजातजारा’ भाषामा ‘सुख्खा क्षेत्र’ हुन्छ । यो भनेको आदिवासीले नै चलाएको रियाब सेन्टर हो । त्यहाँ जानेहरू भनेकै आवासविहीन तथा जेल बाहिर रहेका दुर्व्यसनीहरू हुन् । धेरै स्टाफहरूलाई थाहा छ कि तिनका मुख्य ग्राहक भनेकै स्थानिय आदिवासी समुदाय हो । 

‘तिनलाई आफ्ना ग्राहकको स्थिति र चाहनाबारे राम्ररी थाहा छ’ करिन भन्छिन् । ‘जीवन आफैँमा एउटा अभ्यास हो । मानिसहरु विगतका अनुभवकै कारण यस्ता कुलतमा फस्न पुग्छन्’ उनी थप्छिन् । त्यसो त अष्ट्रेलियामा आदिवासी सरदर ११ देखि १५ पटक थुनामा पर्ने गरेका छन् । धेरै थुनामा पर्नेहरू घरबारविहीनहरू नै हुने गर्छन् । आदिवासी कैदीहरू कैदमुक्त भएपछि फेरि हुने भनेकै आवासविहीन हो । 

‘नाग्वाला विलुङबोङ्ग’ले सीमित स्राेत र साधनमा सकेको गरिरहेको छ । तर उनीहरूसँग रियाब सेन्टरमा मात्र ४३ बेड छन् । ‘यो भनेको समुन्द्रको एक थोपा पानी जस्तै हो’ करिन सुनाउँछिन् ।

 

अष्ट्रेलियाभरि जम्मा ३.३ प्रतिशत मात्र आदिवासी छन् । तर, अष्ट्रेलियाका कुल कैदीमध्ये आदिवासीको हिस्सा २७ प्रतिशत छ । अझ आदिवासी महिलाको हकमा स्थिति झन् नाजुक छ कुल महिला कैदी मध्ये आदिवासी महिलाको हिस्सा ३४ प्रतिशत छ । 

दुःखका पोकाहरू

निकोले ब्लुमफिल्ड ‘नाग्वाला विलुङबोङ्ग’कै एक कामदार हुन् । उनले आफ्नामा आएका धेरै ग्राहकहरूको मुहारमा व्यक्त पीडालाई एकदमै नजिकबाट नियालेकी छन् ।

पहिला हाउजिङ कार्यक्रम अन्तर्गत बसोबास गरेकी १४ वर्षमै आमा बनेकी एक महिलाका अनुसार, अब–ओरिजिनलहरू जब घरबारविहीनको रूपमा आउँछन्, तिनीहरूसँग कैयौँ पीडाहरू हुन्छन् । ‘तिनले पारिवारिक हिंसा भोगेका हुन्छन्, भर्खरै जेलबाट छुटेका हुन्छन् । तिनीहरू घरबारविहीन हुनुमा धेरै कारणहरू हुन्छन् ।’

निकोलेका अनुसार, राज्यले संरक्षण गरेका आदिवासीहरूमा घरबारविहीन हुने प्रवृति आकासिएको छ । भिक्टोरियामा जम्मा एक प्रतिशत मात्र आदिवासी छन् । तर, बाल संरक्षणमा भने २५ प्रतिशत आदिवासी बालबालिका छन् । यही नै घरबारविहीन हुनु र जेल जानुको पहिलो खुड्किलो भएको धारणा निकोलेको छ । अनि सामाजिक असमानता र विभेद पनि यहीँबाट शुरू हुन्छ ।

अष्ट्रेलियाभरि जम्मा ३.३ प्रतिशत मात्र आदिवासी छन् । तर, अष्ट्रेलियाका कुल कैदीमध्ये आदिवासीको हिस्सा २७ प्रतिशत छ । अझ आदिवासी महिलाको हकमा स्थिति झन् नाजुक छ कुल महिला कैदीमध्ये आदिवासी महिलाको हिस्सा ३४ प्रतिशत छ । 

जेल र घरबारविहीन हुनुका दुःख त छँदैछन् तर पनि सडकमा गुजारा चलाउने पार्की अष्ट्रेलियन आदिवासीमा सामुदायिक अपनत्वको भावना बलियो छ । मेलबर्नका बाहिरी क्षेत्रमा पनि यो देख्न सकिन्छ ।

अंकल ज्याक जस्तै अधिकांश पार्कीहरू चोरिएका पुस्ताकै एक हिस्सा हुन् । उनीहरू एक अर्कालाई भेट्ने र सुत्ने ठाउँ भनेको नै पार्कहरू हुन् । कोलिङ्गवुड र फिट्जोरीमा यस्तै छ । यी दुई ठाउँ सन् १९६० र ७० को दशकमा आदिवासी अभियानको लागि प्रमुख केन्द्र थिए । अंकल ज्याकको रंगमञ्च लगायत आदिवासी संघसंस्थाको लागि यी ठाउँ विशेष अखडा जस्ता थिए । यिनै मेलबर्न शहरका बाहिरी क्षेत्रहरू ज्याक जस्ता चोरिएका पुस्ताहरूले पछि आफ्नो परिवार भेट्ने मुख्य थलो पनि थिए । 

‘तिनीहरु आफ्नै लागि कोहीकेही थिएनन्, नगण्य थिए, तर त्यो सडकको लागि ती खास थिए, एक हिस्सा थिए । यो नै तिनको अपनत्व वा पहिचान थियो’ निकोले सुनाउँछिन् । 

२००६ सम्म अंकल ज्याक कहिले हेरोइन र सडक त कहिले जेल ओहोर–दोहर गर्नमै हराए । यही समय कुलतमा फसेपनि अनि घरबार विहीन भएपनि उनले धेरै फिल्म, नाटक र टेलिभिजन पर्दामा अभिनय गर्न भने भ्याए ।

मेरो रेखदेख ड्रग्स डिलरले गर्थे

२००६ सम्म अंकल ज्याक कहिले हेरोइन र सडक त कहिले जेल ओहोर–दोहर गर्नमै हराए । यही समय कुलतमा फसेपनि अनि घरबारविहीन भएपनि उनले धेरै फिल्म, नाटक र टेलिभिजन पर्दामा अभिनय गर्न भने भ्याए ।

‘सिड्नी र पर्थमा कैयौँ नाटकका शृंखला गरिसकेपछि पनि म घरविहीन थिए । किनकी मसँग मेलबर्न फर्कन टिकट काट्ने पैसा हुँदैन थियो । म सहकर्मी कलाकार र साथीहरूलाई मलाई सहयोग गर्न भन्थे, उता ड्रग्स डिलरहरू पनि सहयोग नै गरिरहेका हुन्थे’ अंकल ज्याक सुनाउँछन् । 

तर, जब उनलाई बस्ने बन्दोबस्त मिल्यो, उनले हेरोइन छोडे, लुटपाट छोडे अनि जेलतिरको यात्रा पनि बन्द भयो । ‘मेरो अन्तिम जेल गमन सौभाग्यपूर्ण भयो, त्यसपछि कोलिङ्गवुडको हाउजिङ्गले मेरो लागि पनि बस्ने युनिट छुट्यायो’ ज्याक सुनाउँछन् । 

‘जेलबाट छुटेपछि मैले एकबार चोरे, तर बस्ने युनिटमा फर्किएपछि मलाई लाग्यो यो मैले ठीक गरिन् । अब मलाई चोरी गरिरहन पर्दैन । म ६० वर्ष कटिसकेको थिएँ । मेरो भत्ता आउथ्यो अनि अबओरिजिनल हेल्थ सर्भिसमा मेरो उपचार सुविधा हुन्थ्यो । अनि म कलाकारिता गरिरहेको थिएँ’ ज्याक सुनाउँछन् । 

पूर्णरुपमा हेरोइन छोडेपछि मेलबर्नको बाहिरी क्षेत्रमा काउन्सिलको फ्ल्याटमा बस्न थाले । उनले नियमित अभिनय पनि गरिरहे । आदिवासी विशेषतः चोरिएका पुस्ताको हक–हितको लागि लागिरहे । मान्छेका घर–घर चहारेर चिसा रात लन्ड्रिमा सुतेको उनी पनि झलझली सम्झन्छन्ः ‘कतिपटक त तिनले मलाई त्यहाँ सुतेको चाल पाउँथे । तर मानिसहरु मप्रति खुल्ला ब्यावहार देखाउँथे – एउटा जिग्रिङ्ग कपाल भएको जनावर कार्डबोर्डमा सुतेको हुन्थ्यो, शरीरमा ठूलो कोट हुन्थ्यो भने खुट्टा पत्रिकाले ढाकिएको हुन्थ्यो’ यति भन्दै अंकल ज्याक मज्जाले हाँस्छन् । 

ज्याक थप्छन्, ‘तिनका आखाँमा दया पलाएको म देख्थे । र, तिनका कपडा नचोरिदिएसम्म चैँ म त्यहाँ त्यसरी सुतेकोमा कुनै आपत्ति देखाउँदैन थिए ।’

अल जजिराबाट 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार