काठमाडौँ - फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले विदेशी फिल्म वितरणको थालनी गरेको छ । कम्पनीको वितरण रहने हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शनमा आउने भएको छ । 

कम्पनीले विज्ञप्ति जारी गर्दै फिल्मको वितरण सुरु भएको जानकारी दिएको छ । हलिउडको म्याट्रिक्स सिरिजकै पछिल्लो शृंखला रहेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन् । श्रृंखलाको पछिल्लो फिल्म द म्याट्रिक्स रिभोलुसन सन् २००३ मा रिलिज भएको थियो । 

नेपाली फिल्म 'मेरो लभस्टोरी', 'मेरो एउटा साथी छ', 'इन्टुमिन्टु' लन्डनमा निर्माण गरेको आइकोरले वान सिनेमाज् मल्टिप्लेक्समार्फत प्रदर्शनमा हात हालेसँगै वितरणलाई पनि अघि बढाएको हो । 

साथै, आइकोरले भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको र अवार्ड जितेको चर्चित छोटो फिल्म दाद्या पनि निर्माण गरेको थियो । आइकोरकै फिल्म ‘आइएम ट्वान्टीवान’ रिलिज तयारीमा छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार