काठमाडाैँ । पुरानो घर थिएटर अहिले नयाँ नाटकको तयारीमा जुटेको छ । ‘म’, ‘लाटीको छोरो’, ‘खत’ लगायत एकपछि अर्को नाटक मञ्चन गरिरहेको पुरानो घर यसपाली जे.बी. प्रिस्टली लिखित ब्रिटिश नाटक ‘एन इन्स्पेक्टर कल्स’को अनुवादित नेपाली भाषामा नाटक गर्न लागेको छ ।

राजकमल फकिरको अनुवादनिर्देशनमा तयार पारिएको नाटक एउटा जासुसी थ्रिलर र नैतिकतावादी नाटक हो । जहाँ एउटा परिवार विशेष उत्सव मनाइरहेको छ र त्यहिँबेला एक पुलिस इन्स्पेक्टर एउटा केटीले गरेको आत्महत्याको अनुसन्धानको लागि त्यहाँ आउछ र कथा अगाडी बढ्छ ।

अहिलेको समयमा यो नाटक गर्नुको कारण बताउदै निर्देशक भन्छन्, “पछिल्लो समय कोभिडले गर्दा मानिसहरुबिच शारीरिक दुरी कायम हुनुपर्नेमा सामाजिक दुरी कायम रहयो । हामी सामुहिक प्राणी हौँ अनि हामी घटनाहरुको सञ्जालमा बेरिएका छौं र एकअर्काको लागि जिम्मेवार पनि छौं । र यहिँ कारण हो जस्ले मलाई नाटक गर्न प्रेरित गर्यो।”

नाटकमा आभाश अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल र शिशिर सिवाकोटीको अभिनय रहने छ । नाटक यहिँ भदौ १७ गतेदेखि असोजको ९ गतेसम्म सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुनेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार