काठमाडौँ। आरबी क्राउन एन्ड म्यानेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न मिस ललितपुर-२०७९ रिजा शाक्यले जितेकी छन्। 

‘५ वर्षपछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ?’ भन्ने निर्णायकको प्रश्नमा ‘आफू सफल व्यवसायी एवं सामाजिक कार्यकर्ताका रूपमा कर्म गरिरहेको हुन्छु, मोडलका रूपमा समेत स्थापित हुनुका साथै अन्यलाई पनि सहभागी हुन प्रोत्साहित गरिरहेका हुन्छु’ भनी जवाफ दिएर रिजाले मिस ललितपुर २०७९ को उपाधि हात पारेकी हुन्। 

प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गरेकी छन्। कार्यक्रममा आयोजकका तर्फबाट रवीन्द्र बज्राचार्यले प्रतिस्पर्धीहरूलाई पुरस्कृत गरेका थिए भने कार्यक्रमका सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो।

निर्णायकमा कलाकार तथा सञ्चारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा तथा चलचित्र निर्देशक राजेशमान सिंह रहेका छन्। कार्यक्रम मिस लिटिल नेवा: फस्ट रनरअप लुँस्वां मानन्धरले सञ्चालन गरेकी थिइन्।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार