काठमाडाैँ । देखेर तिमीलाई-तीनपाते, बाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरि सकेको आर्टमाण्डू नेपाल प्रा.लि.को प्रस्तुति रहेको "बाँचुन्जेल हाँसखेल मरेसी तास खेल " नामक प्रयोगात्मक गीति  भिडियो आर्ट्माण्डुको आफ्नै युट्युब च्यानलमा सार्बजनिक भएको  छ ।

जसलाई "म्युजिकल प्ले " को नाम दिइएको छ । नबिन चौहानको शब्द अनि सुशान्त गौतमको संगीत रहेको  उक्त गीतमा नेपाल आईडल सिजन ३  कि  बिजेता सज्जा चौलागाईं र भानुभक्त ढकालको आवाज रहेको छ। आर्ट्माण्डु नेपालकै प्रस्तुतिमा गत जेठ २० गते देखि असारको २६ गते सम्म मण्डला थिएटरमा  ब्यापक सफलता सहित मन्चन भयो  नाटक "चोरको स्वर" ।

अधिकांश दर्शक, श्रोता अनि समिक्षकको मन जितेको उक्त नाटकका प्राय सबै पात्रहरुले  मन मस्तिष्कमा छाप छाड्न सफल भएका थिए ।  ती तमाम पात्र बीच एक अविवाहित पात्र थिए जसको नाम थियो "लप्टने" ।  हो, उनै  लप्टनेको पात्रको जीवनको एक अंशलाई  यो गीतको कथामा बडो रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।

जो गाउँघरमा लाग्ने मेला बजार घुम्न निस्केको छ । उसले बजार भर्न आएका बिभिन्न युवतीहरुलाई आफ्नो मायाजालमा पार्न प्रयत्न गर्छ तर अफसोच ऊ असफल हुन्छ । भिडियोका दृश्यहरुमा गाउँघरमा लाग्ने स-साना मेला बजारको झझल्को दिइएको छ ।

यस "बाँचुन्जेल हाँसखेल मरेसी तास खेल " म्युजिकल प्लेमा नाटक "चोरको स्वर" का  प्राय सबै कलाकारको अभिनय रहेको छ भने यसलाई नाटकमा निर्देशक समेत रहेका अनिल सुब्बाले निर्देशन गरेका छन् । सौरभ लामिछाने को छायांकन एवं रंग संयोजन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । 

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार