काठमाडौँ - हास्यकलाकार मनोज गजुरेल फेरि विवाह बन्धनमा बाँधिएका छन् । पहिलो विवाह सम्बन्ध टुटेको चार वर्षपछि गजुरेलले अर्को विवाह गरेका हुन् । 

नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह बन्धनमा गाँसिएको गजुरेल आफैँले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । 

आफ्नो फेसबुक एकाउन्टमा आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी भन्दै गजुरेलले लमो स्टाटस लेखेका छन्, ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’

आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेख्न सञ्चारकर्मीहरूलाई अनुरोध गर्दै गजुरेलले भनेका छन्, ‘मञ्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला !’

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार