इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ४ जनवरीले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः
दुबईको सबैभन्दा अग्लो महल
सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । ८२९ दशमलब ८ मिटर (२७२२ फिट) उचाई रहेको सो भवन विश्वकै सबैभन्दा अग्लो महल हो ।
रसियाको कृत्रिम स्याटलाइट
सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाइट स्पुतनिक १ पृथ्वीमा खसेको थियो । सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो ।
बर्माको स्वतन्त्रता
सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो । बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो ।
अमेरिकाको ४५ औं राज्य
सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो ।
अमेरिकाको पहिलो महिला सभामुख
सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन् । नेन्सी अमेरिकी इतिहासमै पहिलो सभामुख हुन् ।
सर आइजेक न्युटनको जन्म
सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइज्याक न्युटनको लन्डनमा जन्म भएको थियो । उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...