इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । १० जनवरीले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

कमन सेन्स सार्वजनिक 

अमेरिकी लेखक थोमस पाइनले सन् १७७६ जनवरी १० मा कमन सेन्स सार्वजनिक गरेका छन् । ५० पृष्ठको उक्त पम्पलेट करिब पाँच लाखभन्दा बढी प्रति बिक्री भएको थियो । त्यसको केही महिनामा स्वतन्त्रताको युद्धको आह्वान भएको थियो, जसलाई अमेरिकन क्रान्ति पनि भनिन्छ ।

चन्द्रमामा पहिलो पटक राडर सिग्‍नल पहिचान 

सन् १९४६ को जनवरी १० मा पहिलो पटक चन्द्रमामा राडर सिग्‍नल पहिचान गरिएको थियो । 

पहिलो राष्ट्रसंघीय महासभा 

संयुक्त राष्ट्रसंघको पहिलो महासभा सन् १९४५ जनवरी १० मा आयोजना गरिएको थियो । पहिलो महासभा लन्डनमा आयोजना गरिएको थियो । सन् १९४५ अक्टोबर २४ मा पहिलो राष्ट्रसंघको स्थापना भएको थियो । सन् २०२१ अक्टोबरमा राष्ट्रसंघको ७६ औं महासभा आयोजना गरिएको छ । 

लिग अफ नेशन स्थापना 

सन् १९२० जनवरी १० मा लिग अफ नेशनको स्थापना गरिएको थियो । पहिलो विश्‍वयुद्धपछि गठबन्धन शक्ति राष्ट्रहरुले अन्तर्राष्ट्रिय सहकार्यका लागि लिग अफ नेशन स्थापना गरेका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार