इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३ जनवरीले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर

सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर भएको थियो । आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो ।

अमेरिकाले तोड्यो क्युबासँगको कूटनीतिक सम्बन्ध 

सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा अतिक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाको तत्कालिन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो ।

रुसबाट अमेरिकाले किनेको भू-भाग अमेरिकाको ४९ औं राज्य

सन् १९५९ मा अलास्का अमेरिकाको ४९ औं राज्य बनेको थियो । सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा ७२ लाख डलरमा किनेको थियो ।

नासाको मार्स रोभर मंगल ग्रहमा

सन् २००४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगल ग्रहमा अवतरण गरेको थियो । मंगल ग्रहको सतहको रसायनिक तथा भौतिक बनौटबारे रोभरले अध्ययन गरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार