इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३० डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

सद्दाम हुसेनलाई फाँसी

सन् २००६ को ३० डिसेम्बरमा  इराकका अपदस्थ राष्ट्रपति तथा पूर्वतानाशाह सद्दाम हुसेनलाई फाँसी दिइएको थियो । मानवताबिरुद्धको अपराध गरेको अभियोगमा उनलाई झुन्डाएर मृत्युदन्ड दिइएको थियो । सन् १९६८ मा कुमार्फत शक्तिमा पुगेका हुसेन इराकका पाँचौं राष्ट्रपति हुन् ।

रोमानियाका अन्तिम राजा

मिसेल प्रथम रोमानियाका अन्तिम राजा हुन् । रोमानियाको कम्युनिस्ट पार्टीले सन् १९४७ मा मिसललाई पदच्युत गरेको थियो । ६ वर्षको उमेरमा सन् १९२७ मा मिसेल रोमानियाको राजगद्दीमा बसेका थिए । सन् १९३० मा च्युत गरिएका उनलाई सन् १९४० मा पुनर्स्थापित गरिएको थियो ।

रुडयार्ड क्लिपिङको जन्म

आजकै दिन अर्थात ३० डिसेम्बर १८६५ मा प्रसिद्ध लेखक रुडयार्ड क्लिपिङको जन्म भएको थियो । भारतको मुम्बइमा रुडयार्ड क्लिपिङको जन्म भएको थियो । उनको मृत्यु ७० वर्षको उमेरमा सन् १९३६ मा १८ जनवरीमा बेलायतमा भएको थियो ।

सोभियत युनियनको स्थापना

 सन् १९२२ मा युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक स्थापना भएको थियो । १५ गणराज्यलाई समेटेर स्थापना गरिएको सोभियत युनियनको राजधानी हालकै मस्को कायम गरिएको थियो । सन् १९९१ मा सोभयित युनियनको बिघटन नहुन्जेल यो विश्वकै ठूलो देश बनेको थियो ।

बेलायतमा अहिलेसम्मकै न्यून तापक्रम

सन् १९९५ मा उत्तरी स्कटल्यान्डको अल्टनाहराको तापक्रम माइनस २७ दशमलब २ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि पूर्वी स्कटल्यान्डमा सन् १९८२ को १० जनवरीमा न्यून बिन्दुमा झरेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार