इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २९ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त

सन् १९९६ मा ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो । राष्ट्रसंघको अुगमनमा ग्वाटेमालाको नेसनल रिभोलुसनरी युनिटीका कमान्डर रोलान्डो मोरान र राष्ट्रपति अलभारो अर्जुले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि आदिवासी जनजाती तथा गरीब वर्ग र सरकार पक्षबीच भएको साढे तीन दशक लामो गृहयुद्ध । देशमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिकामा रहेको भन्दै मोरान र अर्जुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

आयरल्यान्डको स्थापनाः

राष्ट्रिय जनमत संग्रहमार्फत स्थापित नयाँ संविधानले आइरिस फ्रि स्टेटलाई नयाँ नाम दिएर सन् १९३७ मा आयरल्यान्ड स्थापना गरिएको थियो । यसअघि आइरिस फ्रि स्टेट ब्रिटीश कमनवेल्थको अभिन्न अंग थियो । सन् १९२१ मा हस्ताक्ष्र गरिएको एंग्लो आइरिस ट्रिटीअन्तर्गत आइरिस फ्रि स्टेट स्थापना गरिएको थियो ।

मंगोलिया स्वतन्त्र

सन् १९११ मा मंगोलिया स्वतन्त्र भएको थियो । सन् १९११ को मंगोलिया क्रान्तिपछि भूपरिवेष्ठित उत्तरपूर्वी एशियाली देश मंगोलिया किङ वंशबाट स्वतन्त्र भएको थियो । मंगोलियामा २०० वर्षसम्म किङ वंशले शासन चलाएको थियो ।

वन्डेड नि क्रिकमा नरसंहार

सन् १९९० को २९ डिसेम्बरमा अमेरिकी सेनाको सातौ घोडाचढी फौजले लाकोटा जातिका मानिसहरुलाई निशस्त्र पार्ने कोशिस गरेको थियो । लाकोटाले वन्डेड नि क्रिकमा क्याम्प खडा गरेर बसेका थिए । निशस्त्र पार्ने क्रममा गोली चल्दा महिला र बालबालिकासहित सो जातिका १५० सदस्यहरुको मृत्यु भएको थियो । तर, सो क्षेत्रमा मृत्यु हुनेको संख्या यो भन्दा धेरै रहेको इतिहासकारहरुको विश्वास छ । वन्डेड नि क्षेत्र अहिलेको दक्षिण डाकोटा राज्यमा पर्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार