इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २८ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति

सन् १९७२ मा किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बनेका थिए । उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेका थिए । सन् १९९८ मा राष्ट्रपतिको पद खारेज गरिएपछि सुङ त्यहाँको आजिवन नेता घोषित भएका थिए ।

बेरुत विमानस्थलमा इजरायलको छापा

सन् १९६८ मा इजरायलले बेरुत विमानस्थलमा छापा मारेको थियो । इजरायलको सुरक्षा फौजले अपरेसन गिफ्ट नाम विशेष कारबाहीमार्फत विमानस्थलमा छापा मारेको थियो । तेल अभिभबाट न्युयोर्कतर्फ उडेको इआई एआई विमानमा आक्रमणको बदलतामा इजरायले सो हमला गरेको थियो । एथेन्समा लेओभरमा रहेको समयमा दुई प्यालेस्टेनीले यात्रु र कारिन्दामाथि आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो । त्यसको बदलामा इजरायलले बेरुत विमानस्थलमा रहेका यात्रु र कार्गो विमानमा आक्रमण गरेको थियो । आक्रमणमा कसैको मृत्यु भने भएको थिएन् ।

भारतीय कंग्रेसको स्थापना

सन् १८८५ को २८ मा भारतीय कंग्रेसको स्थापना भएको थियो । कंग्रेस पार्टी व्रिटीश शासनविरुद्ध भारतको स्वतन्त्र आन्दोलनमा मुख्य खेलाडी थियो । स्वतन्त्रपछि भारतको प्रथम प्रधानमन्त्री जहवारलाल नेहरु पनि कंग्रेस पार्टीकै थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार