इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २७ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

बेनेजिर भुट्टोको हत्या

सन् २००७ को २७ डिसेम्बरमा मा पाकिस्तानकी तत्कालिन प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको थियो । आगामी निर्वाचनबार रावलपिन्डीमा आयोजित चुनावी कार्यक्रममा सहभागी हुने क्रममा एउटा आत्मघाती विस्फोटमा उनको मृत्यु भएको थियो ।

इन्डोनेसिया स्वतन्त्र

सन् १९४९ मा इन्डोनेसिया स्वतन्त्र भएको थियो । चार वर्षको क्रान्ति र संर्घषपछि दक्षिणपूर्वी एशियाली देश इन्डोनेसिया स्वतन्त्र भएको थियो । सन् १९४५ मा सुकार्नोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थिए । उनको घोषणालाई सन् १९४९ मा डचले मान्यता दिएको थियो ।

ट्रिटी अफ भर्सेलिज

सन् १९१८ देखि सन् १९१९ सम्म पोल्यान्डमा क्रान्ति भएको थियो । पोल्यान्डका तत्कालिन प्रधानमन्त्री इग्नेसी पादरविस्कीको एउटा भाषणपछि पोल्यान्डले जर्मनविरुद्ध विद्रोह घोषणा गरेको थियो । विद्रोहपछि भएको सन्धी ट्रिटी अफ भर्सेलिजपछि पोल्यान्डले केही नयाँ भूभाग प्राप्त गरेको थियो ।

पहिलो पटक एनेस्थेसियाको प्रयोग

सन् १८४५ मा पहिलो पटक बच्चा जन्माउने क्रममा एनेस्थेसिया दिइएको थियो । अमेरिकी चिकित्सक डा क्राफोर्ड लङले प्रसुति व्यथा लागेपछि आफ्नै श्रीमतिलाई सो औषधि दिएका थिए । सोही घटनाले औषधि र शल्यक्रियाको क्षेत्रमा क्रान्ति ल्याएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार