इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २६ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

विनाशकारी सुनामी

सन् २००४ मा इन्डोनेसियामा शक्तिशाली भूकम्पछि आएको विनाशकारी सुनामीबाट इन्डोनेसिया, भारत, मलेसिया, श्रीलंका र थाइल्यान्डमा ठूलो क्षति भएको थियो । ९ दशमलब १ रेक्टर स्केलको भूकम्पपछिको सुनामीलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो विपद् मानिन्छ ।

मेन अफ दी इयर

सन् १९८२ मा अमेरिकाको प्रसिद्ध टाइम म्यागेजिनले पर्सनल कम्प्युटरलाई मेन अफ दी इयर घोषित गरेको थियो । कुनै पनि घटना चाहे ती सकरात्मक हुन वा नकरात्मक, त्यसले समाजमा पार्ने असरलाई आधार मानेर टाइम म्यागेजिनले सन् १९२७ देखि मेन अफ दी इयर घोषणा गर्न थालेको थियो ।

अमेरिकामा सांस्कृतिक बिदा

सन् १९६६ मा पहिलो पटक अमेरिकामा रहेका अफ्रिकी डायसपोराले एक साता लामो सास्कृतिक पर्व कावान्जा मनाइएको थियो । अफ्रिकी संस्कृतिको अध्ययन गर्ने प्राध्यापक तथा अश्वेत आन्दोलनका अग्रणी  मौलाना कारेन्गाको अगुवाइमा सो पर्वमा बिदा दिन थालिएको थियो ।  यो पर्व हरेक वर्षको २६ डिसेम्बरदेखि १ जनवरीसम्म मनाइन्छ र सातै दिन अफ्रिकी समुदायलाई सार्वजनिक बिदा दिइन्छ ।

माओको जन्म दिन

आजकै दिन अर्थात सन् १८९३ को २६ अक्टोबरमा चिनियाँ कम्युनिस्ट नेता माओ जेदोङको जन्म भएको थियो । जनगणतन्त्र चीनका अध्यक्ष रहेका जेदोङ चीनको चर्चित सांस्कृतिक क्रान्तिका अगुवासमेत हुन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार