इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २४ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

इटालीबाट लिबिया स्वतन्त्र

सन् १९५१ को २४ डिसेम्बर अर्थात आजकै दिन लिबिया इटालीबाट स्वतन्त्र भएको थियो । अफ्रिकी देश लिबियालाई सन् १९१२ देखि इटालीले शासन गरेको थियो । स्वतन्त्र भएपछि तत्कालिन राजा इड्रिसको मातहतमा लिबिया संबैधानिक राजतन्त्रात्मक देश बनेको थियो । सन् १९६९ मा तत्कालिन कर्णेल मौमर गद्दाफीको नेतृत्वको सेनाले कु गरी इड्रिसलाई पदमुक्त गरेको थियो ।

ब्रिटिश र जर्मनीका सेनाबीच क्रिसमस सम्झौता

सन् १९१४ मा क्रिसमस सम्झौता सुरु भएको थियो । प्रथम विश्वयुद्धको पश्चिमी मोर्चामा ब्रिटीश र जर्मनीका सेनाबीच अनौपचारिक र छोटो युद्धविराम भएको थियो, जसलाई इतिहासमा क्रिसमस ट्रुस भनिन्छ । शान्ति सम्झौताको अवधिमा दुबै पक्षका सेनाहरुले इसाई भजन गाउनुका साथै खानेकुरा र उपहार आदान प्रदान गरेका थिए । त्यस्तै दुबै पक्षबीच फुटबल खेल आयोजना भएको थियो ।

कुल क्लक्स क्लान स्थापना

सन् १८६५ मा अतिवादी श्वेत सर्बोच्चतावादी संगठन कुल क्लक्स क्लानको स्थापना भएको थियो । सेनका वरिष्ठ अधिकारीहरुले न्युयोर्कको पुलास्की गाउँमा स्थापना गरिएको थियो ।

अमेरिकाको मिलेट्री एकेडेमीमा दंगा

सन् १८२६ मा अमेरिकाको न्युयोर्कस्थित मिलट्री एकेडेमीमा दंगा भड्किएको थियो । ग्रग म्युटिनी भनिने सो दंगा तस्कर गरिएको ह्विस्कीसँग ठूलो परिणाममा एगनोग (दुध, क्रिम, चिनी र अन्डाबाट बनेको परिकार)लाई सेनाका जवानले सेवन गरेपछि दंगा भड्किएको थियो । क्रिसमसको पूर्वसन्ध्यामा सो दंगा भड्किएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार