इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २३ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

संघीय अनुसन्धान व्यूरोलाई झुक्याएका अमेरिकी अपराधी

सन् १९९४ मा अमेरिकामा संगठित रूपमा हत्या र अपराध गर्ने ह्विट्न वल्गर सन् १९९४ को डिसेम्बरदेखि भूमिगत भएका थिए । उनी करिव १६ वर्षसम्म अमेरिकी सेनाको आँखा छल्न सफल भए, जसका कारण अमेरिकी संघीय अनुसन्धान व्यूरोसमेत लज्जित बनेको थियो । अन्ततः उनी सन् २०११ मा पक्राउ परेका थिए ।

युगोस्लाभियाबाट स्लोभानिया स्वतन्त्र

सन् १९९० मा युगोस्लाभियाबाट स्वतन्त्र हुने विषयमा स्लोभानियामा जनमतसंग्रह भएको थियो । पूर्वी युरोपेली देश स्लोभानिया सन् १९४५ मा समाजबादी गणतन्त्र राज्यको रूपमा गणतन्त्र युगोस्लाभियाको अधिनमा थियो । सन् १९९१ को जुनसम्म स्लोभानियाले वास्तविक स्वतन्त्रता प्राप्त गरेको थिएन् । स्लोभानियाली जनताले युगोस्लाभियाको हस्तक्षेप अस्वीकार गरेपछि १० दिनसम्म युद्ध भएको थियो, जुन युद्ध सन् १९९१ को जुलाईमा समाप्त भएको थियो । सन् १९९१ को २३ डिसेम्बरमा स्लोभानियामा नयाँ संविधान कार्यान्वयनमा आएको थियो ।  

टोकियो टावर सर्वसाधारणका लागि खुला

सन् १९५८ मा टोकियो टावर सर्वसाधारणका लागि खुला गरिएको थियो । यो विश्वकै अग्लो स्टिल टावर हो । यसको उचाई ३३३ मिटर छ । फ्रान्सको प्रसिद्ध इफेल टावरमा आधारित यो टावर सञ्चार प्रक्रियाका लागि पनि प्रयोग हुन्छ ।

नाप तौलसम्बन्धी ऐनमा हस्ताक्षर

सन् १९७५ मा अमेरिकी राष्ट्रपति गेराल्ड फोर्डले नाप तथा तौलसम्बन्धी एउटा कानुनमा हस्ताक्षर गरेका थिए । आजभोली वैज्ञानिक र प्राज्ञहरूले मुख्यतः मेट्रिक प्रणाली प्रयोग गर्छन् । सर्वसाधारण अमेरिकीले अमेरिका स्वतन्त्र हुनअघिका नाप तौलका परम्परागत इकाई प्रयोग गर्छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार