इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । २२ डिसेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

अमेरिकी सेनामा समलिंगीलाई भर्ना

सन् २०१० मा अमेरिकी सेनामा ‘नसोध, नभन’ भन्ने नीति लागू गरिएको थियो । अमेरिकी सेनामा समलिंगीलाई पनि समावेश गर्ने योजनास्वरूप तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो नीतिमा आजकै दिन हस्ताक्षर गरेका थिए । सो नीतिमा हस्ताक्षरपछि समलिंगीलाई सेनामा भर्ती हुने बाटो खुलेको थियो ।

रोमानियाका राष्ट्रपति र प्रथम महिलाको पदमुक्तपछि हत्या

देशव्यापी विशाल प्रदर्शनपछि सन् १९८९ मा रोमानियाका कम्युनिस्ट राष्ट्रपति निकोलेइ सिउसेस्कु पदमुक्त भएका थिए । पदमुक्त भएपछि राष्ट्रपति र उनकी पत्नी एलिनाले देश छोड्ने प्रयास गरेका थिए । प्रदर्शनकारीले उनीहरुलाई प्रकाउ गरि गोली हानेर हत्या गरेका थिए । सन् १९८० को दशकमा कम्युनिस्ट सरकार अपदस्तका लागि रोमानिया क्रान्ति इतिहासमा स्मरणीय छ ।

लिंकन सुरुङ

सन् १९३७ को २२ डिसेम्बर अर्थात आजकै दिन लिंकन सुरुङ खुला गरिएको थियो । १ दशमलब ५ माइल  (२ दशमलब ४ किलोमिटर) लामो सो सुरुङले हड्सन नदीमुनी रहेको छ । सुरुङले न्यु जर्सी र न्युयोर्क सहरलाई जोड्छ ।

प्रथम विश्वयुद्धबारे अमेरिका र बेलायतका नेताबीच भेटवार्ता

सन् १९४१ मा अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजेभेल्ट र बेलायतका प्रधानमन्त्री विनस्टन चर्चिलबीच वासिंगटन डीसीमा भेट भएको थियो । प्रथम विश्व युद्धबारे छलफल र रणनीति तय गर्न दुई नेताबीच छलफल भएको थियो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार