एजेन्सी - रोयटर्सका पत्रकार दानिस सिद्दीकी अफगानिस्तानमा मारिएका छन् ।
अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा सिद्दीकी मारिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बीबीसीका अनुसार सिद्दीकी भारतीय नागरिक हुन् । भारतका लागि अफगानिस्तानका राजदूत फरिद ममुन्जैले रोयटर्स इन्डियाका प्रमुख फोटोग्राफरलाई मृत्युअघि अफगानिस्तानको युद्धग्रस्त कान्धारमा खटाइएकाे थियो ।
अफगानिस्तानका सुरक्षाकर्मीसँगै युद्धग्रस्त क्षेत्रमा खटिएका सिद्दीकीकाे पाकिस्तान नजिकको सीमा क्षेत्रमा भिडन्तको क्रममा मृत्यु भएकाे हाे । सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गर्दै आएका थिए ।
रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्गले घटनाबारे थप जानकारी लिइरहेको बताएका छन् । रोयटर्सका अध्यक्ष माइकल फ्रेडेनबर्ग र प्रधान सम्पादक अलेसान्ड्रा गैलोनीले संयुक्त रूपमा जारी गरेकाे वक्तव्यमा सिद्दीकी एक असल पत्रकार र परिवारका अभिभावक एवम् सबैले माया गर्ने सहकर्मी रहेको उल्लेख गरेका छन् ।
सिद्दीकीले सन् २०१८ मा पुलित्जर पुरस्कार जितेका थिए । म्यानमारका रोहिंग्या शरणार्थीबारेको उनको समूहको फोटोफिचरले पुलित्जर पुरस्कार जितेको थियो । म्यानमारको अल्पसंख्यक रोहिंग्या शरणार्थीले भोग्नुपरेको समस्या र हिंसाबारे उनले साे फोटोफिचर तयार पारेका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...