एजेन्सी - जर्मनीमा दुई प्रहरीको गोली हानी हत्या भएको छ । नियमित ट्राफिक गस्तीमा गएका प्रहरी टाेलीमाथि गोली प्रहार भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

फ्रान्ससँगको सीमा नजिकैको शहर कुसेलमा प्रहरी अधिकारीले सवारी साधन रोकेका थिए । त्यसपछि २९ वर्षका पुरुष तथा २४ वर्षकी महिला प्रहरीमाथि गोली प्रहार भएको र उनीहरूको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । 

पक्राउ परेका व्यक्ति ३८ वर्षका पुरुष हुन् । प्रहरीले ३२ वर्षका थप एक व्यक्तिमाथि पनि निगरानी गरिरहेको समाचारमा जनाइएको छ ।  गोली प्रहार गर्ने समूहका सम्भावित सहयोगीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार