एजेन्सी - पश्चिमी घानामा शक्तिशाली विष्फोट हुँदा कैयौँ मानिसहरू मारिएका छन् । विष्फोटका कारण सयौँ घरहरू ढलेका छन् । सुनखानीका लागि प्रसिद्ध शहरमा विष्फोट भएको हो । 

एक स्थानीय अधिकारीले विष्फोटपछि अहिलेसम्म १७ जनाको शव फेला पारिएको बताएका छन् । बोगोसो र बावडीको बीचमा शक्तिशाली विष्फोट भएको प्रहरीले जनाएको छ । उत्खननका लागि विस्फोटक पदार्थ लगिरहेको गाडी मोटरसाइकलसँग ठाेक्किएपछि भयानक दुर्घटना भएको बताइएको छ । 

स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका तस्वीरमा धुवाँको मुस्लो उडिरहेको देखिएको छ । सयौँ भवनहरू भत्किँदा मानिसहरू सहयोगका लागि चिच्याहट गरिरहेका छन् । 

प्रहरीले मृतकको संख्या पुष्टि गरेको छैन । घानाका राष्ट्रपति नाना अकूफो अड्डोले स्थितिलाई नियन्त्रित गर्न आपतकालीन सहयोगका लागि सेना परिचालन भएको बताएका छन् ।

उनले ट्वीट गरेर घटनालाई दुर्भाग्यपूर्ण र दुखद बताएका छन् । अहिले उद्धार कार्य चलिरहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार